दमकमा थप ५ जनामा कोराना संक्रमण पुष्टि, जेसीसबाट १०० थान किट प्रदान

 लिम्बुवान खबर
                       

दमक। झापाको दमकमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै स्वास्थ्यकर्मी र फ्रन्ट्लाइनमा काम गर्नेहरू रहेको बताएको छ ।
दमकमा पछिल्लो समयमा कोरोना सङ्क्रमण समुदायमा फैलोदो अवस्थामा रहेको छ । लामो लकडाउन पछि दमकको बजार केहिदिन यता सामान्य अवस्थामा फर्कदैछ ।

त्यसैगरी दमक जेसीजले आफ्नो ४०औं स्थापना दिवसको अवसरमा कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने एक सय थान भिटिएम कीट नगरपालिकालाई उपलव्ध गराएको छ ।

जेसीज सप्ताहको अवसर पारेर जेसीजले आज ती किट सामाग्री हस्तान्तरण गरेको हो ।

हालसम्म दमकमा पुरुष १७६६ र महिला ७८३ गरी २५४९ जनाको पिसिआर परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...