कमल ५ मा राप्रपाको वडा समिति, प्रतिनिधिहरु चयन

 लिम्बुवान खबर
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकामा संगठन विस्तार तीव्र वनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा कार्यकर्ताहरुको सम्पन्न भेलाले वडा समितिसहित प्रतिनिधिहरु समेत गठन गरेको छ ।

भेलाले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय पार्टीको वडा समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षद्धयमा अम्बर वहादुर कार्की,मिन बहादुर भण्डारी, सचिवमा डिल्ली उप्रेती,सहसचिव जानुका बुढाथोकी विष्ट र कोषाध्यक्षमा विमला नेपाल चुनिएका छन् । यस्तै सदस्यहरुमा सन्तोष कुइकेल,मुक्ति गौतम,तुलाराम कार्की,उर्मिला पोखेल,शरण भारती,बृख बहादुर दर्जी,प्रेमबहादुर लामिछाने,खेम भट्टराई र भानुभक्त नेपाल रहेका छन् ।

यस्तै भेलाले भक्ति नेपाल ,दिपक खरेल,सन्तकुमार राई,कुमार भण्डारी,युवराज खड्का,डुकमाया निरौला,विरेन्द्रकुमार सुव्वा र घनश्याम बस्नेतलाई प्रतिनिधिका रुपमा चयन गरेको छ । यसैगरि महिला प्रतिनिधितर्फ तारा बस्नेत, सरिता नेपाली र दिपा पाठक चयन भएको पार्टीले जनाएको छ ।

सोहि भेलाले युवक प्रतिनिधितर्फ सञ्जय कुमाल,नविन लामिछाने,भिम कार्की ललित श्रेष्ठ रहेका छन् । पार्टीले संगठन सुढिढकरण अन्तर्गत कमलको वडा नम्बर ६ मा भदौ २७ , वडा नम्बर ७ मा ३१ गते ,वडा नम्बर २ मा ३ असोजमा र १ वडामा ७ असोजमा भेला गरि अबिधेशन सम्पन्न गरिने पार्टीको कमल गाँउ परिचालन समितिका संयोजक दिपक खरेलले वताएका छन् ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;