कमल ५ मा राप्रपाको वडा समिति, प्रतिनिधिहरु चयन

 लिम्बुवान खबर
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको कमल गाँउपालिकामा संगठन विस्तार तीव्र वनाएको छ । पार्टीले आज कमल ५ स्थित पाथीभरा चौंकमा कार्यकर्ताहरुको सम्पन्न भेलाले वडा समितिसहित प्रतिनिधिहरु समेत गठन गरेको छ ।

भेलाले खड्ग बहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय पार्टीको वडा समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षद्धयमा अम्बर वहादुर कार्की,मिन बहादुर भण्डारी, सचिवमा डिल्ली उप्रेती,सहसचिव जानुका बुढाथोकी विष्ट र कोषाध्यक्षमा विमला नेपाल चुनिएका छन् । यस्तै सदस्यहरुमा सन्तोष कुइकेल,मुक्ति गौतम,तुलाराम कार्की,उर्मिला पोखेल,शरण भारती,बृख बहादुर दर्जी,प्रेमबहादुर लामिछाने,खेम भट्टराई र भानुभक्त नेपाल रहेका छन् ।

यस्तै भेलाले भक्ति नेपाल ,दिपक खरेल,सन्तकुमार राई,कुमार भण्डारी,युवराज खड्का,डुकमाया निरौला,विरेन्द्रकुमार सुव्वा र घनश्याम बस्नेतलाई प्रतिनिधिका रुपमा चयन गरेको छ । यसैगरि महिला प्रतिनिधितर्फ तारा बस्नेत, सरिता नेपाली र दिपा पाठक चयन भएको पार्टीले जनाएको छ ।

सोहि भेलाले युवक प्रतिनिधितर्फ सञ्जय कुमाल,नविन लामिछाने,भिम कार्की ललित श्रेष्ठ रहेका छन् । पार्टीले संगठन सुढिढकरण अन्तर्गत कमलको वडा नम्बर ६ मा भदौ २७ , वडा नम्बर ७ मा ३१ गते ,वडा नम्बर २ मा ३ असोजमा र १ वडामा ७ असोजमा भेला गरि अबिधेशन सम्पन्न गरिने पार्टीको कमल गाँउ परिचालन समितिका संयोजक दिपक खरेलले वताएका छन् ।

सम्बन्धित समाचार

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...

किरातीहरुले उभौली पर्व हर्षाेल्लासका साथ मनाए

ललितपुर, २९ वैशाख । किरात राई समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने प्रकृति भूमिको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । पूर्व प्रदेश १ को सबै जिल्लामा बसोबास...

२५६९औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइदै

काठमाडाैं, २९ वैशाख । आज सोमबार २५६९औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध...

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...