दमकमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितहरु ७ बर्षीय बालक देखि १०६ बर्षीय बृद्धसम्म

,   Bhumika Limboo
                       

दमक । झापाको दमकमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घन्टामा  ३ पुरुष र ६ महिला गरि ९ जना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेका छन् । थपिएकामा दमक २ की २६ बर्षिया एक महिला, दमक ७ की ५२ बर्षिया र २० बर्षिया दुई महिला रहेकी छन् । त्यसैगरी दमक ९ का ३१, ५० र ७४ बर्षका तीन जना महिला र ७, ७० र १०६ बर्षका तीन जना पुरुष रहेका छन् । संक्रमण देखिएका बृद्ध भने दमक-९ का हुन् ।

यसअघि हिजो एक जना पुरुषमा संक्रमण देखिएको थियो । चार दिनअघि १०५ जनाको नमुना स्वाव संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । परीक्षणका लागि पठाईएकामध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

आज नै संक्रमितहरुको सम्पर्कमा रहेका थप ९६ जनाको नमुना स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले बताए ।

योसंगै दमकमा कोरोना संक्रमितको संख्या १२९ पुगेको जनाइएको छ भने उपचारपछि निको हुनेको संख्या ९८ जना रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;