साइँला साइँली भन्दै छन् ‘गाउँघरै रमाइलो’ (भिडियोसहित)
शुक्रबार, २६ भदौ, २०७७ दिउँसोको ०२:४९ बजे,
लिम्बुवान खबर
झापा । चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी हुन् गौरव र मेनुका अर्थात् ” साइँला साइँली” को जोडी यसपटक भने ‘गाउँघरै रमाइलो’ भन्दै भिडियोमा देखिएका छन् ।
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
साजन राईको आवाज रहेको गीतमा संगीत राईकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीले गरेका छन् । आफ्नो देशप्रेम,देश प्रतिको माया , गाउँघरको झल्को दिने भावमा सुन्दर शब्दहरुले उनेर शब्द कोरेका छन् रमेश कार्कीले।
जिबन्त अभिनय गर्ने कलाकारको लिस्टमा आउने नाम हो मेनुका प्रधान र गौरब पहारी । धेरै वटा नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा संगै देखिसकेका , दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ यस म्युजिक भिडियोमा देखिएका छन् ।
दुवै जनाको प्रेमिल अभिनयले गाउँघरको त्यो रमाइला पल,मेलापात र घाँसदाउरा गर्दै रमाइलो गरेको सुन्दर पल र सम्बन्धलाई महसुस गर्न सकिन्छ ।
भुपेन्द्र तुम्बाहाम्पेले खिचेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राई र भुपेन्द्र स्वयंले गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । (भिडियो हेर्न तल क्लिक गर्नु होला )
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...
ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...