धनगढीमा सञ्चार गृहभित्रै पत्रकार कुटिएको प्रति महासंघको आपत्ति

,   लिम्बुवान खबर
                       

धनगढी। स्थानीय युवाको एक समूहले शुक्रबार धनगढीस्थित दिनेश एफएमको कार्यालयभित्र प्रवेश गरेर पत्रकारहरूमाथि कुटपिट गरेको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

धनगढी–५ का १५ र २० जनाको समूहले एक्कासि सञ्चार गृहभित्र प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको प्रति आपत्ती जनाउँदै महासंघले विज्ञप्ति प्रकाशन गरेको छ ।

‘समाचार तुरुन्त डिलिट गर भन्दै समाचार कक्षभित्र हमला गरेका उक्त समूहले स्टेसन म्यानेजर, प्राविधिक कल्पना सिंहमाथि दुव्र्यवहार गर्नुका साथै सहायक सम्पादक जनकसिंह विष्टमाथि कुटपिट गरेको प्रति महासंघले खेद प्रकट गर्दै महासचिव रोशन विष्टले विज्ञप्ति प्रकाशन गरेका छन् ।

त्यसैगरी घटनाको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, सुदूरपश्चिम प्रदेश समिति लगायत मानवअधिकार संघसंस्थाहरूले पनि आपत्ति जनाएका छन् । उनीहरूले सञ्चार गृह तथा सञ्चारकर्मीमाथि आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी अनुपमशमशेर जबराले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

त्यसै गरी बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ ।

२०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कात्तिक १८ गते बाराको डुमरवान–७ स्थित जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानुनी न्याय प्राप्त हुने र दण्डहीनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ ।

सशस्त्र द्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकार बेपत्ताको अवस्थामा छन् । पत्रकारको हत्यामा संलग्नहरुलाई अहिले पनि कानुन अनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चारक्षेत्रले न्यायको अनुभुति गर्न सकेको छैन् । पत्रकार हत्यामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ । महासंघ पत्रकारले हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कानुनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;