जसपा कमल ४ को समायोजन सम्पन्न

,   लिम्बुवान खबर
                       

कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो ।

जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला राइको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन भेलाले लीला बहादुर राइको अध्यक्षतामा १३ जनाको वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रह्लाद लिम्बु , सचिव धर्मेन्द्र राइ,  सहसचिव दिलिप लिम्बु र कोषाध्यक्षमा कल्पना मगर रहेका छन । त्यस्तै सदस्यहरुमा  बुद्धी लिम्बु , धनराज राइ, पर्वत राइ, हस्त बहादुर राइ, निमा राइ, प्रताप राइ, मिन्टप राइ र नर बहादुर भुजेल रहेका रहेका छन ।

उक्त सम्पन्न भेलाले चन्द्रबहादुर राइको संयोजकत्वमा तीन सदस्यीय सल्हाकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरूमा प्रेमकुमार राइ र लक्ष्मी राइ रहेका छन् । केन्द्रबाट समायोजन निर्देशिका जारी गरेसँगै जसपा झापाले समायोजन तथा संगठन निर्माणका गतिबिधिहरुमा सक्रियता बढाएको छ ।

आज सम्पन्न कार्यक्रममा कमल गाँउपालिकामा क्रियाशिल साबिकका दूबै पार्टी अध्यक्षहरु पार्टीका प्रदेश तथा जिल्लाका नेता तथा युवाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु भिमराज राइ, दिनेश दँगाल, जिल्ला अध्यक्ष दिपेन बाला राइ, युवाका प्रदेश अध्यक्ष रोशन लिम्बु लगायतले पार्टी तथा संगठनको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;