जसपा कमल ४ को समायोजन सम्पन्न

 लिम्बुवान खबर
                       

कमल/ झापाको कमल गाँउपालिकामा जनता समाजपादी पार्टी कमल गाँउ कमिटी अन्तरगत ४ नम्बर वडाको समायोजन कमल गाँउपालिका ४ स्थित किरात भवनमा आयोजित वडा भेलाले सम्पन्न गरेको हो ।

जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन बाला राइको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन भेलाले लीला बहादुर राइको अध्यक्षतामा १३ जनाको वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रह्लाद लिम्बु , सचिव धर्मेन्द्र राइ,  सहसचिव दिलिप लिम्बु र कोषाध्यक्षमा कल्पना मगर रहेका छन । त्यस्तै सदस्यहरुमा  बुद्धी लिम्बु , धनराज राइ, पर्वत राइ, हस्त बहादुर राइ, निमा राइ, प्रताप राइ, मिन्टप राइ र नर बहादुर भुजेल रहेका रहेका छन ।

उक्त सम्पन्न भेलाले चन्द्रबहादुर राइको संयोजकत्वमा तीन सदस्यीय सल्हाकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरूमा प्रेमकुमार राइ र लक्ष्मी राइ रहेका छन् । केन्द्रबाट समायोजन निर्देशिका जारी गरेसँगै जसपा झापाले समायोजन तथा संगठन निर्माणका गतिबिधिहरुमा सक्रियता बढाएको छ ।

आज सम्पन्न कार्यक्रममा कमल गाँउपालिकामा क्रियाशिल साबिकका दूबै पार्टी अध्यक्षहरु पार्टीका प्रदेश तथा जिल्लाका नेता तथा युवाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु भिमराज राइ, दिनेश दँगाल, जिल्ला अध्यक्ष दिपेन बाला राइ, युवाका प्रदेश अध्यक्ष रोशन लिम्बु लगायतले पार्टी तथा संगठनको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...