फेदापमा लिम्बुवान मञ्चले संगठन शसक्त बनाउने

 लिम्बुवान खबर
                       

तेह्रथुम। संघीय लिम्बुवान मञ्च, नेपाल फेदाप गाउँपालिका समितिले सबै वार्डहरुमा संगठनलाई शसक्त बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा संगठनलाई पहिलो दलको रुपमा स्थापित गर्ने जनाएको छ ।

आज गाउँपालिकाको पोक्लाबाङ् स्थित पार्टी कार्यालयमा बसेको तेस्रो मासिक बैठकमा सो निर्णय गरेको हो ।

प्रत्येक महिनाको अन्तिमि शनिबार नियमित बैठक बस्ने निर्णय गरेसँगै आज तेस्रो नियमित बैठक बसेको हो । फेदाप गाउँपालिकाका पाँच साविक सम्दु, इसेबुङ्, सिम्ले, जलजले र ओयाक्जुङ गाबिसहरुको समायोजनमा ५ वटा वार्डहरु बनेका छन् भने ४५ वटा साबिक वडाहरु   छन् । अहिले पाँचै वडामा मञ्चको संगठन विस्तार भईसकेको छ भने केहिमा टोल समितिहरु समेत विस्तार भएको विद्यार्थी नेता सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् ।

आज बसेको बैठकले अन्य गठन गर्न बाँकी टोलहरुमा संगठन विस्तार गर्ने, राजनैतिक प्रशिक्षण गर्ने साथै तेह्रथुम जिल्ला कार्य समितिले आगामी बर्ष प्रकाशन गर्न लागेको स्मारिका प्रकाशनको लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले तेह्रथुम जिल्लाबाट प्रकाशन हुन लागेकोमा खुशि व्यक्त गर्दै आर्थिक सहयोग समेत गर्ने निर्णय गरेकोछ । बैठकमा मञ्चका केन्द्रीय सचिवालय सदस्य सेसेहाङ् चोङ्बाङ्, जिल्ला अध्यक्ष बिजय निङ्लेकु लगायत अन्य जिल्ला नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;