विश्वब्यापी अनलाईन यलम्वर संगीत प्रतियोगिता-२०७७ हुने

,   भूमिका लिम्बु
                       

झापा । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण विश्वब्यापी रुपमा अनलाईन मार्फत आयोजना हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले विश्वब्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई यो वर्ष भने  अनलाईन मार्फत आयोजना हुने  भएको हो  ।

बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई अनलाईन मार्फत गरिनेछ । प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईका अनुसार  विश्वभर रहेका किरात राई समुदायका सहभागीहरुले यो संस्करणमा सहभागिता जनाउन सक्नेछन् ।

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस श्रृंखलाका लागि आवश्यक नियमहरु निर्धारण गरिएको छ ।

सहभागी प्रतियोगी किरात राई समुदायका हुन अनिवार्य छ । प्रतियोगीले प्राकृतिक अर्थात मौलिक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगाना kiratraikalakar@gmail.com मा २०७७ असोज १७ गतेभित्र पठाईसक्नुपर्ने  छ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संस्थाको  Kirat Rai Kalakar नामक युट्युव च्यानलवाट असोज १७ गते नै सार्वजानिक गर्दै ह्वाट्स एप ग्रुपमा जोडी अर्को चरणको लागि ट्रयाक उपलव्ध गराउने जनाईएको छ ।

साप्ताहिक रुपमा ३० जनाबाट २० र २० बाट १० जनामा सिमित गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराईने छ । किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने प्रचारप्रसार विभागका संयोजक राईले बताए  ।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकको तर्फवाट प्रदान हुने अनलाईन प्रशिक्षणहरुमा प्रतियोगीहरु अनिवार्य सहभागी बन्नुपर्ने छ  । प्रतियोगीको गायकी तथा स्वर सुहाउँदो गीत आयोजकले छनौट गरिदिन सक्ने छ ।

प्रतियोगितामा  प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले बताए  ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;