१ नं. प्रदेशमा थप ४६ जनामा काेराेना संक्रमण

 लिम्बुवान खबर
                       

झापा। १ नं. प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमा विराटनगर सहित मोरङका ४१, खोटाङ, उदयपुर र झापा १/१, प्रदेश बाहिरका दुई जना रहेका छन् । प्रदेशमा पाँच सय ४७ जनाको पीसीआर परीक्षण हुँदा २० महिला र २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भेटिएका संक्रमितमा सबैभन्दा बढी विराटनगरमा १८ महिला र २० पुरुष गरेर ३८ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगर कोरोना संक्रमणबाट १ नं. प्रदेशमा सबैभन्दा बढी प्रभावित स्थानीय तह हो । विराटनगरमा हालसम्म संक्रमित संख्या एक हजार चार सय दुई जना पुगेको छ । १७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
विराटनगरबाहेक मोरङको धनपालथानमा दुई र कटहरीमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको साकेला गाउँपालिकामा एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष, झापाको शिवसताक्षीकी एक महिला र प्रदेश बाहिरका एक महिला तथा एक पुरुषमा कोरोना देखिएको जानकारी मन्त्रालयले दिएको छ ।
१ नं. प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या चार हजार सात सय ४२ पुगेको छ ।अहिलेसम्म एक लाख सात हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण हुँदा एक लाख दुई हजार सात सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

१ नं. प्रदेशमा उपचारपछि निको भएर आइतबार सात जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ६३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...