माङसेबुङका एक युवा लागुऔषध गाँजा सहित दमकमा पक्राउ

 लिम्बुवान खबर
                       

दमक / ईलाम माङसेबुङ गाउँपालिकाका एक युवा नियन्त्रीत लागुऔषध गाँजा सहित दमकमा पक्राउ परेका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ घर भइ दमक नगरपालिका वडा नं. १ मा डेरा गरि बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै कोठाबाट नियन्त्रीत लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियमानुसार राईको कोठा खानतलासी गर्दा सो परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।

राइको साथबाट लागुऔषध बरामद भएसंगै उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राइलाई आवश्यक कानूनी कारवाहीकाे लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;