रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

 लिम्बुवान खबर
                       

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् ।

अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी जनता समाजवादीका सांसद चौधरीसहितका थारु नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट अत्यधिक मत पाएर विजयी भएका चौधरीलाई सरकारले २०७२ भदौ ७ गतेको टीकापुर घटनाको मुख्य दोषी मानेर मुद्दा चलाएर अदालतबाट फैसला अनुसार जेलमा राखिरहेको छ ।

थरुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एक बालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो । जसमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको समेत मृत्यु भएको थियो ।

अध्यक्ष यादव र ठाकुरले जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलन र थरुहट आन्दोलनकै कारण राजनीतिक परिवर्तन भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

तर अहिले पनि मधेस तथा थरुहट आन्दोलनमा सहभागी भएका कतिपय नेता कार्यकर्ताहरुलाई सरकारले मुद्दा चलाउने, उनीहरुको सम्पति रोक्का गर्ने र उनीहरुलाई थुनामा राख्ने काम जारी राखेको विज्ञप्तीमा उल्लेख छ ।

रेशम चौधरी लगायतलाई रिहाइ गर्नका लागि यसअघि पनि आदिवासी तथा थारु आन्दोलनका अगुवाहरुले पटकपटक सरकारसँग माग गरेका थिए ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...