रेशम चौधरीलाई रिहाइ गर्न सरकारसँग जसपाको माग

,   लिम्बुवान खबर
                       

काठमाठाैं। जनता समाजवादी पार्टीका अध्यक्ष द्वय उपेन्द्र यादव र महन्थ ठाकुरले सांसद रेशम चौधरीसहितका नेता तथा कार्यकर्ताहरुलार्ई लगाइएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेका छन् ।

अध्यक्ष द्वय यादव र ठाकुरले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी जनता समाजवादीका सांसद चौधरीसहितका थारु नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट अत्यधिक मत पाएर विजयी भएका चौधरीलाई सरकारले २०७२ भदौ ७ गतेको टीकापुर घटनाको मुख्य दोषी मानेर मुद्दा चलाएर अदालतबाट फैसला अनुसार जेलमा राखिरहेको छ ।

थरुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एक बालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो । जसमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको समेत मृत्यु भएको थियो ।

अध्यक्ष यादव र ठाकुरले जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलन र थरुहट आन्दोलनकै कारण राजनीतिक परिवर्तन भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् ।

तर अहिले पनि मधेस तथा थरुहट आन्दोलनमा सहभागी भएका कतिपय नेता कार्यकर्ताहरुलाई सरकारले मुद्दा चलाउने, उनीहरुको सम्पति रोक्का गर्ने र उनीहरुलाई थुनामा राख्ने काम जारी राखेको विज्ञप्तीमा उल्लेख छ ।

रेशम चौधरी लगायतलाई रिहाइ गर्नका लागि यसअघि पनि आदिवासी तथा थारु आन्दोलनका अगुवाहरुले पटकपटक सरकारसँग माग गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;