जनमुखी सहकारीको बार्षिक प्रतिवेदन सार्वजनिक

,   लिम्बुवान खबर
                       

दमक । २०५५ साल देखि दमकबाट प्रारम्भ भएको जनमुखी सहकारी संस्था २२औं बर्ष प्रवेशमा प्रवेश गरेको छ । विगत वर्ष झैं बार्षिक साधारण सभा प्रत्येक भदौं १५ गते गर्ने गरिएता पनि यो बर्ष विश्व नै कोरोना भाइरस (कोभिड–१९)को कारण सामुहिक रुपमा भेला भएर कुनै पनि सभा, गोष्ठी, सम्मेलन गर्न नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै भदौं २७ गते देखि ३१ गतेसम्म सामाजिक दुरी कायम गर्दै आफ्ना शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन वितरण गरेको छ ।

यस सहकारीले आर्थिक बर्ष ०७६/०७७ मा ५९६ जना शेयर सदस्य कायम गर्दै शेयर पुँजी ३ करोड ३ लाख ८३ हजार ८०० पु¥याएको छ । त्यसै गरी गत बर्ष १७ करोड २ लाख ६१ हजार ३ सय १५ रुपैयाँ वचत तथा निक्षेप संकलन गरेको यस संस्थाले १८ करोड ९५ हजार २ रुपैयाँ ऋण लगानी प्रवाह गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस संस्थाले भदौं ३१ गते भित्रमा सबै शेयर सदस्यहरुको हातमा बार्षिक प्रतिवेदन पु¥याउँदै सल्लाह, सुझाव भए ३१ गते नै सुनुवाई गर्दै प्रवेदन पास गराउने अध्यक्ष घनेन्द्रराज योङ्याले बताएका छन् ।

संस्थाले आगामी ०७७/०७८ मा नेपाल सरकारको स्वरोजगार कोषबाट रकम भित्रयाउने रे शेयर सदस्यहरुलाई शुलभ ब्याजदरमा ऋण प्रवाह मार्फत स्वरोजगार कार्यक्रम संचालन गर्ने जनाएको छ । शेयरसदस्यहरुलाई आर्थिक कारोबार गर्न सजिलो गराउनको निमित्त विभिन्न रेमिटेन्सहरु सुचारु राख्ने । विभिन्न वचत शिर्षकका उत्कृष्ट वचत कर्ताहरुलाई पुरस्कृत गर्ने साथै ज्येष्ठ सदस्यहरुलाई सम्मान कार्यक्रम संचालन गर्ने बताइएको छ ।

सहकारीमा दिर्घकालीन वचत योजना अन्तर्गत “१० बर्ष लगानी १०सैं बर्ष आम्दानी” जस्ता योजना ल्याएको जनाएको छ । क्रमिक वचत र स्वास्थ्य सुरक्षा बचत जस्ता योजनाहरुलाई निरन्तरता दिई १६ देखि ४५ बर्षसम्मकालाई १५ बर्षमा, ४६ देखि ६० बर्षकालाई १० बर्ष र ६१ देखि ७० बर्षकालाई ५ बर्षमा फिर्ता गर्ने जनाएको छ ।

संस्थाले विपद राहत कोष अन्तर्गत शेयर सदस्यको मृत्यु भएमा १५ हजार, दुर्घटनामा अंगभङ्ग भई अस्पताल बस्नु परे १० हजार, क्यान्सर, मुटु शल्याक्रिया, मृगौला प्रत्यारोपण जस्ता उपचार गर्नु परे १० हजार, बाढी पहिरो आगलागी हावाहुरी चट्याङ्गमा घरबार विहिन भएमा १० हजार र सर्पले टोकेर उपचार गर्नु परेमा ५ हजार राहत दिने जनाएको छ ।
यस सहकारीले आगामी आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत शेयर पुँजी ३ करोड १० लाख पु¥याउने, निक्षेप संकलन ३१ करोड उठाउने, निक्षेप फिर्ता ३० करोड गर्ने, ऋण लगानी १४ करोड गर्ने र ऋण असुली ११ करोड उठाउने लक्ष्य लिएको जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;