बालदिवसमा प्रदेश १ स्तरीय वक्तृत्वकला सम्पन्न, नवराज भट्टराई भए प्रथम

 लिम्बुवान खबर
                       

इलाम । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता साेमबार सम्पन्न भएको छ । प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम भएका छन् ।

“कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयक प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्धाक द्वितीय र पाँचथरका योगेश तिम्सिना तृतीय भएका छन् ।

उनीहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।

‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १/१ जना गरि १४ जना सहभागी भएका थिए ।

यसअघि प्रत्येक जिल्लाबाट छनौट प्रतियोगिता संचालन गरि प्रथम स्थान हासिल हुनेले प्रदेशस्तरीय प्रतियोगिताका लागि सहभागी हुने अवसर पाएका थिए ।

प्रतियोगीहरुलाई विचार राख्न ५ मिनेट समय दिइएको  थियाे । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतियोगिताको सहआयोजकको रुपमा मञ्चको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनका साझेदार संस्था, वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, देउराली सोसाइटी तेह्रथुम, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज केन्द्र सुनसुरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायति उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु रहेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;