कुलमान घिसिङलाई पुनःनियुक्ती गर : कलाकार मदनकृष्ण श्रेष्ठ

,   लिम्बुवान खबर
                       

काठमाडाैं। अग्रज हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई तीन करोड नेपाली जनताले रुचाएकोले नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्ती गर्न सरकारसँग माग गरेका छन् ।

‘मेचीदेखि महाकाली, हिमालदेखि तराईका ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ,’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउनेछन् ।’

यसअघि अर्का अग्रज हाँस्य कलाकार हरिवंश आचार्यले पनि प्राधिकरणको प्रमुखमा घिसिङलाई नै नियुक्ती गर्न माग गरेका थिए ।

दिपकराज गिरी लगायतका केही कलाकारले प्राधिकरणमा पुनः घिसिङलाई नियुक्ती गर्न माग गर्दै हिजो राति ८ बजे ५ मिनेट बत्ति निभाउने अभियान चलाएर सरकारलाई दबाब दिएका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ हटाएर घिसिङले आम नेपाली जनताको मन जितेका छन् ।

घिसिङ प्राधिकरणमा आफ्नाे चारवर्षे कार्यकाल सिध्याएर विदा भएका छन् तर केपी ओली नेतृत्वको सरकार घिसिङलाई पुनः नियुक्ती गर्ने पक्षमा देखिएन ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;