कुलमान घिसिङलाई पुनःनियुक्ती गर : कलाकार मदनकृष्ण श्रेष्ठ

 लिम्बुवान खबर
                       

काठमाडाैं। अग्रज हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई तीन करोड नेपाली जनताले रुचाएकोले नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्ती गर्न सरकारसँग माग गरेका छन् ।

‘मेचीदेखि महाकाली, हिमालदेखि तराईका ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ,’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउनेछन् ।’

यसअघि अर्का अग्रज हाँस्य कलाकार हरिवंश आचार्यले पनि प्राधिकरणको प्रमुखमा घिसिङलाई नै नियुक्ती गर्न माग गरेका थिए ।

दिपकराज गिरी लगायतका केही कलाकारले प्राधिकरणमा पुनः घिसिङलाई नियुक्ती गर्न माग गर्दै हिजो राति ८ बजे ५ मिनेट बत्ति निभाउने अभियान चलाएर सरकारलाई दबाब दिएका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ हटाएर घिसिङले आम नेपाली जनताको मन जितेका छन् ।

घिसिङ प्राधिकरणमा आफ्नाे चारवर्षे कार्यकाल सिध्याएर विदा भएका छन् तर केपी ओली नेतृत्वको सरकार घिसिङलाई पुनः नियुक्ती गर्ने पक्षमा देखिएन ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;