दमकमा थप ८ जनामा कोरोना

 लिम्बुवान खबर
                       

झापा, भदाै ३१
झापाको दमकमा आज थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७ जना पुरुष र एक जना महिला छन् ।

दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटटराईका अनुसार दमक ४ का ३ जना, दमक १ एक जना, ८ का एक जना, ९ का एक जना, दमक ५ को एक जना र दमक १० का एक जनामा संक्रमण देखिएको हो ।

शुक्रबार ९६ जनाको स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । यस्तै अरु ४ जनाको रिर्पोट भने होल्डमा छ । दमकमा मात्रै एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...