एकका लागि एक अभियानको अगुवाईमा स्थापित पिसिआर ल्याब उद्घाटन

 लिम्बुवान खबर
                       

बिर्तामोड। झापामा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ ।

बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कन्काई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश १ सरकारअन्तर्गत मेची अस्पताल मातहतमा रहनेछ । अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरण बारे सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरणका खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । करिब एक करोड रुपैयाँको लागतमा अभियानले प्रयोगशाला निर्माण गरेको हो ।

अमेरिकामा बनेको सो मेसिन अत्याधुनिक रहेको छ । कार्यक्रममा संयोजक गिरीले सरकारलाई सहयोग पुग्ने हिसाबले रेडक्रससँगको सहकार्यमा प्लाज्मा संकलनका लागि पनि अभियानले सहयोग पुर्याउने जानकारी दिए ।

प्रयोगशाला उद्घाटनपछि प्रमुख अतिथि प्यासीले अभियानको प्रशंसा गरेका थिए । सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको उनले बताए । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्तरबाट सुरु गरिएका कोरोनाविरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गरे । प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अभियानका सहसंयोजक विनाद बस्नेतले सरकारले आह्वान गरे योभन्दा पनि ठुलो काम गर्न अभियान तयार रहेको बताए । प्रयोगशाला स्थापना र सञ्चालन रोक्न केही व्यक्तिहरु लागिपरेकोप्रति इंगित गर्दै बस्नेतले असल भावले गरेको काममा कसैको अवरोध नटिक्ने बताए ।

पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेशसभा सदस्य हिरा थापा, कन्काई नगरप्रमुख राजेन्द्र पोखरेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापा सभापति उद्धव थापा, जसपा झापा अध्यक्ष अनुतलाल राजवंशीले प्रयोगशाला स्थापनाका लागि अभियानलाई धन्यवाद दिएका थिए ।

सो प्रयोगशालामा एक हजारभन्दा बढी कोरोना भाइरसको नमुना परीक्षण भइसकेको छ । मेची अस्पतालको प्रयोगशाला भने किट अभावमा केही दिन चलेर बन्द भएको छ । कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल विश्वकर्माले गरेका थिए ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...