साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

,   उपेन्द्र येक्तेन
                       

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ ।
याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित गर्ने अभियानलाई मूर्त रुप दिन भदौ ३० गते फिदिम स्थित चुम्लुङ हिममा सम्पन्न आम भेलाले निर्माण भएका प्रारुप पारित गरेको हो ।
भाषिक तथा साँस्कृतिक अभियन्ता दीलेन्द्र कुरुम्बाङ, चन्द्र कुमार आङदेम्बे, नन्द नेम्बाङ, मंगल बेघा, कमलराज नेम्बाङ, मधुराज केरुङ र राज दिलाञ्जली सम्मिलित प्रारुप निर्माण टिमले तयार पारेको प्रारुप चुम्लुङहीममा सम्पन्न भेलाले पारित गरेको हो ।
भेलाले साँस्कृतिक पुनर्जागरणको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन मधुराज केरुङको संयोजकत्वमा साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समिती निर्माण गरेको छ ।
मुल समितीको सह–संयोजक गंगामागा आङ्देम्बे, सचिव कमलराज नेम्बाङ र कोषाध्यक्ष सिमा तुम्बापो चयन भएका छन् । मुल समितीमा २२ सदस्य रहेको साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समितीले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

No description available.

तुत्तु तुम्याहाङ :
बृजहाङ जवेगु (इतिहासविद),  श्रीप्रसाद जवेगु(संविधानसभा सदस्य), सीता थेबे (प्रदेश–१ साँसद), ओनाहाङ नेम्बाङ (फिदिम नगरपालिका मेयर), येहाङ लावती(इतिहासविद) हर्क नेम्बाङ (राजनितिज्ञ), मानदेव केरुङ (राजनितिज्ञ), नरेन्द्रकुमार केरुङ (राजनितिज्ञ), हरिचन्द्र लावती (भाषा विज्ञ), कमल चेम्जोङ (कानुन व्यावसायि), चन्द्रकुमार आङदेम्बे ( कियाचु केन्द्रिय सचिव) र अग्नि तुम्बापो (राजनितिज्ञ) ।

No description available.
सचिवालय अर्थात विभागिय प्रमुखमा :
सचिवालय अर्थात विभागिय प्रमुखमा अध्यय्न अनुसन्धान संयोजकमा भाषविद दिलेन्द्र कुरुम्बाङ, थाङबेन मेन्छिङ संयोजकमा सुवास तुम्बापो, विज्ञान प्रविधिमा संयोजकमा राज दिलाञ्जली, विद्यार्थि संयोजकमा दिपक नेम्बाङ, सुचना र सञ्चार संयोजकमा उपेन्द्र येक्तेन, महिला संयोजकमा निशा लोवा र भुपु सैनिक संयोजकमा मेरासुन्दर जवेगु चयन भएका छन् ।
समितिले अप्रभंश गरिएका स्थान बिशेषका नाम सच्याउनका साथै विभिन्न कोणबाट भएको सास्कृतिक अतिक्रमण रोक्न आपसी सामाजिक सद्भाव र सहिष्णता कायम राख्दै राज्यसत्ताको औपनिवेशिकरण रोक्न र रैथाने सास्कृतिक सम्पदाको अस्तित्व रक्षा गर्दै तिनको पुनःस्थापना तथा प्रबर्धन गर्न सास्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्ने प्रेस विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;