साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

 उपेन्द्र येक्तेन
                       

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ ।
याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित गर्ने अभियानलाई मूर्त रुप दिन भदौ ३० गते फिदिम स्थित चुम्लुङ हिममा सम्पन्न आम भेलाले निर्माण भएका प्रारुप पारित गरेको हो ।
भाषिक तथा साँस्कृतिक अभियन्ता दीलेन्द्र कुरुम्बाङ, चन्द्र कुमार आङदेम्बे, नन्द नेम्बाङ, मंगल बेघा, कमलराज नेम्बाङ, मधुराज केरुङ र राज दिलाञ्जली सम्मिलित प्रारुप निर्माण टिमले तयार पारेको प्रारुप चुम्लुङहीममा सम्पन्न भेलाले पारित गरेको हो ।
भेलाले साँस्कृतिक पुनर्जागरणको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन मधुराज केरुङको संयोजकत्वमा साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समिती निर्माण गरेको छ ।
मुल समितीको सह–संयोजक गंगामागा आङ्देम्बे, सचिव कमलराज नेम्बाङ र कोषाध्यक्ष सिमा तुम्बापो चयन भएका छन् । मुल समितीमा २२ सदस्य रहेको साँस्कृतिक पुनर्जागरण अभियान मुल समारोह समितीले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

No description available.

तुत्तु तुम्याहाङ :
बृजहाङ जवेगु (इतिहासविद),  श्रीप्रसाद जवेगु(संविधानसभा सदस्य), सीता थेबे (प्रदेश–१ साँसद), ओनाहाङ नेम्बाङ (फिदिम नगरपालिका मेयर), येहाङ लावती(इतिहासविद) हर्क नेम्बाङ (राजनितिज्ञ), मानदेव केरुङ (राजनितिज्ञ), नरेन्द्रकुमार केरुङ (राजनितिज्ञ), हरिचन्द्र लावती (भाषा विज्ञ), कमल चेम्जोङ (कानुन व्यावसायि), चन्द्रकुमार आङदेम्बे ( कियाचु केन्द्रिय सचिव) र अग्नि तुम्बापो (राजनितिज्ञ) ।

No description available.
सचिवालय अर्थात विभागिय प्रमुखमा :
सचिवालय अर्थात विभागिय प्रमुखमा अध्यय्न अनुसन्धान संयोजकमा भाषविद दिलेन्द्र कुरुम्बाङ, थाङबेन मेन्छिङ संयोजकमा सुवास तुम्बापो, विज्ञान प्रविधिमा संयोजकमा राज दिलाञ्जली, विद्यार्थि संयोजकमा दिपक नेम्बाङ, सुचना र सञ्चार संयोजकमा उपेन्द्र येक्तेन, महिला संयोजकमा निशा लोवा र भुपु सैनिक संयोजकमा मेरासुन्दर जवेगु चयन भएका छन् ।
समितिले अप्रभंश गरिएका स्थान बिशेषका नाम सच्याउनका साथै विभिन्न कोणबाट भएको सास्कृतिक अतिक्रमण रोक्न आपसी सामाजिक सद्भाव र सहिष्णता कायम राख्दै राज्यसत्ताको औपनिवेशिकरण रोक्न र रैथाने सास्कृतिक सम्पदाको अस्तित्व रक्षा गर्दै तिनको पुनःस्थापना तथा प्रबर्धन गर्न सास्कृतिक पुनर्जागरण अभियान सञ्चालन गर्ने प्रेस विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...