माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण कुमार राईको संगीतमा सजिएको मनछुने गीत ‘कावेली खोला’ स्टुडियो लिप्सिङ भिडियो बुधबार गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई किङग स्टुडियोमा सुरेस राईले रेकर्डिङ गरेका हुन् ।
कावेली खोला, ऐतिहासिक दरबार हिल्लीहाङ दरबार लगायत अन्य रमणिय तथा ऐतिहासिक स्थलहरुको बयाण गरिएको गीतको लिप्सिङ भिडियोलाई इसाक जबेगुले छायाँकन गरेका हुन् भने सम्पादन तथा कलर मनोज राईले गरेका छन् ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...