दमकमा एउटै वडामा ६ जनामा काेराना पुष्टि, नपा लेखा शाखा बन्द

 लिम्बुवान खबर
                       

दमक/झापाको दमक ५ मा  एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् ।

दमक नगरमा अहिले सम्म ११३ जनाले कोरोना जितेर घर फर्किएका छन । भने ३० जना उपचारका क्रममा छन । दमकमा अधिकांश कोरोना पोजिटिभ देखिएकाहरुको उपचार होम आइसोलेसनमै भइरहेको बताइएको छ । हालसम्म दमक नपाले २७०८ जनाकाे पिसिआर टेष्ट गरिसकेकाे छ भने ३४ जना क्वारिन्टेनमा बसेका छन् ।

नगरपालिकाका कर्मचारीमा पनि संक्रमण, लेखा शाखा बन्द

यसैबीच दमक नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । सो शाखामा कार्यरत सबै कर्मचारीहरु आइसोलेसनमा छन । गत भाद्र २६ गते नमुनाको परिक्षण गर्दा ति कर्मचारीमा कोरोना देखिएको हो ।

कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...