शिवसताक्षीमा लकडाउन हट्यो, बजारमा चहलपहल बढ्यो

 लिम्बुवान खबर
                       

झिलझिले। झापाको शिवसताक्षीमा जारी एक महिने लकडाउन शुक्रबारदेखि खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत गर्दे अन्य स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो ।

शिवसताक्षी नगरको भदौ १ गते बसेको बोर्ड बैठकले शिवसताक्षी नगरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजे सम्ममात्र बजार खुल्ला गर्ने निर्णय गरेको थियो । त्यसमा सैलुन, ब्युटी पार्लर र होटल भने पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।

नगरका प्रवक्ता नवीन ईजमका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको हो । शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दे विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय भएको छ । प्रवक्ता ईजमका अनुसार आफूलाई सहज हुने तथा पायक पर्ने विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठनमा सहजीकरण गर्न अभिभावकलाई पालिकाले अनुरोध गरेको छ ।

बैठकले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यलाई सुरु गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले असोज मसान्तसम्मलाई अतिरिक्त शुल्क बिनै कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पालिकाको बोर्ड बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यपालिका र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

वडा नम्बर ५ र वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।
शिवसताक्षीका केही भागमा हात्तीको उपर्दो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकारका निकायलाई प्रदान गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...