प्रहरीकाे ज्यादती प्रति पत्रकार महासं‌घको विरोध

 लिम्बुवान खबर
                       

काठमाडाैं। नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

पत्रमार माथि प्रहरीले निरन्तर आक्रमण गरिरहेको प्रति महासंघले चिन्ता व्यक्त गर्दै सरकार प्रति आक्रोश व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;