मोरङ पथरीशनिश्चरेमा दुई सय युवा नेकपामा प्रवेश

 लिम्बुवान खबर
                       

मोरङ । मोरङको पथरी शनिश्चरे-८ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी करिव दुई सय युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन ।

नव प्रवेशी युवाहरुलाई आज पार्टी सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल नगर समितिले कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन ।

नेपाली कांग्रेस सम्बद्द बिद्यार्थी संगठन नेवि संघका मौसम तामाङ, तरुण दलका बिनोद श्रेष्ठ, जोगेन श्रेष्ठ, मानबहादुर लिम्बू, दीपक बिक, सुर्य बराल, अशोक न्यौपाने, राजन श्रेष्ठ लगायत १८० जना युवाहरु नेकपामा प्रबेश गरेको राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर समितिको सहसंयोजक नवीनजङ कार्कीले बताए ।

नगरको ८ नम्नर वडाको सुक्रबारेमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङ जिल्ला अध्यक्ष ॠषिकेश पोख्रल, सचिव गणेश उप्रेती, युवा संगठनका केन्द्रीय सदस्य बिजय डाँगी, रबिन थापा, जिल्ला अध्यक्ष नवीन पौडेल, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट लगायतले नव प्रबेशी युबाहरुलाई अबिर लगाएर स्वागत गरेका थिए ।

बक्ताहरुले पार्टी सरकारले अघि सारेको “सुखी नेपाली समृद्द नेपाल” नारा सफल पार्न युवाहरु लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीको १ नम्बर प्रदेश सदस्य युवराज बास्कोटा, पार्टी सम्बद्द पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा लगायतको उपस्थित रहेको थियो । पार्टी प्रबेश कार्यक्रममा पथरी शनिश्चरे नगर र ८ नम्बर वडाका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;