पान्थरका चार राजनैतिक दलद्वारा विभेदकारी संविधान भन्दै निकाले प्रेसविज्ञप्ति

,   लिम्बुवान खबर
                       

पाँचथर। वि.स. २०७२ असोज ३ गते नेपाल सरकारले जारी गरेको संविधान लाई पान्थरको विभिन्न राजनीतिक दलका पार्टीहरु ले विभेदकारी संविधान, पहिचान विरोधी संविधान भनेर संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण पान्थरवासिहरुमा सुचिकृत गरेका छन्।

संविधान संशोधन गरि पहिचान सहितको १०+१ प्रान्तको माग गर्दै जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती पान्थर, सलोराम संघीय लिम्बुवान मञ्च जिल्ला कार्य समिति पान्थर, संघीय लिम्बुवान पार्टी जिल्ला कार्य समिती पान्थर र राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती पान्थरद्वारा सयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।

                        (संयुक्त प्रेस विज्ञप्ति)

संविधान घोषणा भए देखि नै विभिन्न पहिचान सहितको राजनीतिक पार्टी आबद्ध दलहरुले असन्तुष्टि र विरोध जनाउँदै आएका छन्।संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू लाई सच्याउन र मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतको मुद्दा सम्बोधन गर्न नसकेको भन्दै असोज ३ गतेलाई कालो दिनको रुपमा विरोध गर्दै आएका छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;