संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

,   लिम्बुवान खबर
                       

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ ।

हरेक बर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको मञ्चले नेपालको संविधान २०७२ले सबै जाती, वर्ग, लिङ्ग, क्षेत्र र समुदायलाई समानुपातिक समावेशी रुपमा समेट्न नसकेको साथै संघीयतामा नक्शांकन गर्दा पहिचानको आधारमा १०+१ प्रान्तहरु बनिनु पर्ने माग सार्दै आएको छ ।

मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले उत्पीडित बर्ग र समुदाय अनि संघीयतामा आदिवासी जनजातिको मर्म विपरित राज्यको पुनःसंरचना गरेर ७ प्रदेशको संघीय राज्य निर्माण गर्नु नै विभेदपूर्ण संविधान जारी गरिएको बताउनु हुँदै जबसम्म सरकारले संविधान लेखनलाई पुर्नलेखन गर्दैन तबसम्म लिम्बुवान आन्दोलन जारी रहने बताएका छन् । त्यसैगरी कार्यक्रममा मञ्चमा उप–महासचिव तथा झापा जिल्ला इन्चार्ज भानु भट्टराईले देश संघीयतामा गईसकेपछि त्यस देशमा बस्ने सबै जातीहरुलाई राखी गोलमेच सम्मेलन गरी संविधानमा छुटेका कुराहरुलाई समेट्न सरकारसँग आग्रह गरेका छन् । उनले उत्पीडित जाती वर्गको हक अधिकार नै सुनिश्चित नभएको संविधान मान्नुको कुनै औचित्य नरहेको बताए ।

कार्यक्रममा झापा जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन मञ्चका झापा जिल्ला सचिव राजा आङ्थुपोले गरेका हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;