लमजुङका डोल्मालाई लिम्बुवान कतारद्धारा आर्थिक सहयोग

 लिम्बुवान खबर
                       

दोहा / गत २५ असार २०७७ का रात गएको पहिरोमा परि स–परिवार गुमाएका डोल्मा तामाङको अध्ययनका लागि संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) प्रवास समिति कतारले आर्थिक सहयोग गरेको छ ।

बेसि सहर नगरपालिका वडा नं ७, लमजुङ स्थायी ठेगाना भएका बर्ष ९ कि डोल्माका बर्ष ३३ का बुवा  दिपक तामाङ, बर्ष २७का आमा बिमाया तामाङ र  ११ बर्षका दाजु क्षेवाङ तामाङलाई सुतिरहेको अवस्थामा घरसंगै पहिरोले बगाएका थिए। त्यसरी स-परिवार पहिरोसंगै बगेर जादा बाच्न सफल भएकि डोल्माको अध्यनका लागि सलिसाम प्रवास समिति कतारकाे खेलकुद विभाग लिम्बुवान फुटबल क्लबद्धारा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक सहयोगका लागि खेलकुद समितिका खेलाडीहरु प्रताप कुमाल ३५० रियल, युकेश लिम्बु १०१, डिकलाल मुकुर्धम लिम्बु १०१, प्रविन राई ५०, मुस्कान लिम्बु ५०, बिनोद गुरुङ १०, सगुन गुरुङ ४०, दिल्ली लिम्बु ३०, माउसम लिम्बु ५०, रोशन लिम्बु १०, तारा श्रेष्ट ५०, अनिल तामाङ २०, राम मगर २१, योगेन्द्र मगर ३०, नारायण ठाकुर १० र संलिसाम केन्द्रिय समितिबाट ४१० गरि जम्मा १३३३ रियलकाे नेपाली रुपैंया ४१,७६४ लिम्बुवान फुटबल क्लबका खेलाडी सोम तामाङ मार्फत हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...