आजबाट आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्ने नियमहरु केके छन् त ?

 लिम्बुवान खबर
                       

काठमाडौं ।  चैत १० गतेदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो ।

अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ ।

निजी लगानीको वायुसेवा बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागु हुने नियमलाई ‘पास मोडल’का रुपमा व्याख्या गरेको छ । पास (पीएएसएस) अर्थातः प्यासेन्जर, एयरपोर्ट, एयरक्राप्ट र स्टाफ ।

यी चार वटै क्षेत्रले उत्तिकै सचेतना अपनाउनु पर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीले सेफ्टी प्रोटोकलको विकास गरेका छन् ।

यात्रुले पालना गर्नुपर्ने नियम
· सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
· विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
· इ-टिकेटबाट चेकइन हुनेछ ।
· आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
· सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
· विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
· शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
· कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
· मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

विमान र कर्मचारीले अपनाउनुपर्ने नियम
· र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
· ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
· पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
· यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
· यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
· हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
· सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
· हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
· हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

सम्बन्धित समाचार

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

अजित धिमाल उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम...

माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई...