फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ९ औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरुको उपस्थितिमा आज विहान एक कार्यक्रम गरि आसन्न साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको व्यवस्थापक कुवेर प्रसाद तुम्बापोले वताए ।

 

प्रतिवेदन सार्वजनिक गरिदै

प्रतिवेदन सहकारीका संस्थापक अध्यक्ष मेहरमान लिङदेन, सचिव दिलीप लिम्बु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्न लागिएको सचिव लिम्बुले वताए । दमकसहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको छ भने झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाईएको उनले जानकारी दिए ।

साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा, १० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको छ भने दमक १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ , दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् । गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ ह्जार ९१ रुपैया पुगेको सचिव लिम्बुले वताए । कोभिडका कारण अन्य क्षेत्रमा झै सहकारीमा समेत असर पुगेको भएपनि सन्तोषजनक रुपमा प्रगति गर्न सफल भएको उनले जनाएका छन् ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सञ्चालक, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहकारीले लकडाउनका समयमा कार्यालयसम्म आएर बचत तथा ऋणको सुविधा लिन समस्या आएपछि संस्थाले घरैसम्म पुगेर सेवा पुरयाएको अध्यक्ष पदम लिङ्गदेन (संकल्प ) ले बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;