लुङ्धुङ् टोलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

,   लिम्बुवान खबर
                       

-मुसाहाङ् अम्याङ्सा

दमक। झापाको दमक न.पा. १ को लुङ्धुङ् टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा दमक वडा नं. १ का वडाध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ने.क.पा. दमक नगर सचिव तथा पुष्प धिरेन प्राविधिक प्रतिष्ठान अध्यक्ष शंकर बस्नेत, समाजसेवी तथा सामुदायिक मेल मिलाप दमक वडा नं. १ सदस्य इक्सा सम्बाहाङ्फे, छिमेकी टोलहरु हिमालय टोल विकास संस्था अध्यक्ष बुद्धिमान इङ्नाम, फक्ताङ्लुङ् टोल विकास संस्था अध्यक्ष पूर्ण लाओती, बुद्ध टोल विकास संस्था अध्यक्ष राजकर्ण राई, शिवालय टोल विकास संस्था अध्यक्ष फनिन्द्र गिरी, अपाङ् संघ आजीवन सदस्य लोक बहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त साधारणसभाले याम बहादुर राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष सरिता राना मगर, सचिव डिल्लीश्वर मुसाहाङ् अम्याङ्सा, सह–सचिव वीर बहादुर लिम्बू, कोषाध्यक्ष याम कुमारी गुरुङ् (चेम्जोङ्) रहेका छन् भने सदस्यहरुमा क्रमशः धिरेन सङ्बाङ्फे, मुकेश मगर, पूर्ण बहादुर दर्जी (प्रकाश) र धनराज तामाङ् (सन्दीप) सर्व सम्मतबाट चयन भएको निर्बाचन समिति संयोजक राजेश लिम्बूले बताए ।

सभाले टोलका संस्थापक अध्यक्ष दिल बहादुर कुरुम्बाङ् र टोललाई स्टिल दराज सौजन्य गर्नु हुने घनेन्द्र चेम्जोङ्लाई पनि सम्मान गरेको छ ।
सभामा कोषाध्यक्ष सरिता राना मगरले २ आर्थिक बर्ष शेयर पूँजी बार्षिक ब्याज समेत ७ लाख ४१ हजार एकसय सत्तरी मध्ये जम्मा ६ लाख अठहत्तर हजार एकसय तीस रुपैयाँ संस्थामा रहेको र सामाजिक भाडा बर्तनको खरिदको लागी तीस हजार रुपैयाँ जम्मा भएको जनाएकी छन् ।

सभामा अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा हाल जम्मा ९१ घरघुरी रहेको छ भने पुरुष ११२ महिला ११८ गरी जम्मा २३० जनसंख्या रहेको छ । लुङ्धुङ् टोल विकास संस्थाले खानेपानी सरसफाई, नगरपालिका साझेदारीमा ४ सय मिटर ग्राबेल, सडक बती विस्तार, लागुऔषध, महिला हिंसा डेंगु प्रवाभ र साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम, सिरिजंगा र लुङ्धुङ् टोल र इलाका प्रहरी कार्यालय दमक अन्तर्गत सामुदायिक प्रहरीको उपस्थितिमा संयुक्त कार्यक्रम, कोभिड–१९ (कोरोना भाइरस) महामारीको बेला विपन्न निम्न वर्गहरुलाई दमक नगरपालिकाको सहयोगमा राहत वितरण लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भएको टोल अध्यक्ष माइतराज कुरुम्फङ्ले बताएका छन् ।

सभा संस्थाको अध्यक्ष माइतराज कुरुम्भङ् लिम्बूको सभाध्यक्षता, टोल सदस्य डिल्लीश्वर मुसाहाङ्को स्वागत मन्तव्य र का.वा. सचिव याम बहादुर राईको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;