लुङ्धुङ् टोलको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

 लिम्बुवान खबर
                       

-मुसाहाङ् अम्याङ्सा

दमक। झापाको दमक न.पा. १ को लुङ्धुङ् टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा दमक वडा नं. १ का वडाध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ने.क.पा. दमक नगर सचिव तथा पुष्प धिरेन प्राविधिक प्रतिष्ठान अध्यक्ष शंकर बस्नेत, समाजसेवी तथा सामुदायिक मेल मिलाप दमक वडा नं. १ सदस्य इक्सा सम्बाहाङ्फे, छिमेकी टोलहरु हिमालय टोल विकास संस्था अध्यक्ष बुद्धिमान इङ्नाम, फक्ताङ्लुङ् टोल विकास संस्था अध्यक्ष पूर्ण लाओती, बुद्ध टोल विकास संस्था अध्यक्ष राजकर्ण राई, शिवालय टोल विकास संस्था अध्यक्ष फनिन्द्र गिरी, अपाङ् संघ आजीवन सदस्य लोक बहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त साधारणसभाले याम बहादुर राईको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष सरिता राना मगर, सचिव डिल्लीश्वर मुसाहाङ् अम्याङ्सा, सह–सचिव वीर बहादुर लिम्बू, कोषाध्यक्ष याम कुमारी गुरुङ् (चेम्जोङ्) रहेका छन् भने सदस्यहरुमा क्रमशः धिरेन सङ्बाङ्फे, मुकेश मगर, पूर्ण बहादुर दर्जी (प्रकाश) र धनराज तामाङ् (सन्दीप) सर्व सम्मतबाट चयन भएको निर्बाचन समिति संयोजक राजेश लिम्बूले बताए ।

सभाले टोलका संस्थापक अध्यक्ष दिल बहादुर कुरुम्बाङ् र टोललाई स्टिल दराज सौजन्य गर्नु हुने घनेन्द्र चेम्जोङ्लाई पनि सम्मान गरेको छ ।
सभामा कोषाध्यक्ष सरिता राना मगरले २ आर्थिक बर्ष शेयर पूँजी बार्षिक ब्याज समेत ७ लाख ४१ हजार एकसय सत्तरी मध्ये जम्मा ६ लाख अठहत्तर हजार एकसय तीस रुपैयाँ संस्थामा रहेको र सामाजिक भाडा बर्तनको खरिदको लागी तीस हजार रुपैयाँ जम्मा भएको जनाएकी छन् ।

सभामा अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा हाल जम्मा ९१ घरघुरी रहेको छ भने पुरुष ११२ महिला ११८ गरी जम्मा २३० जनसंख्या रहेको छ । लुङ्धुङ् टोल विकास संस्थाले खानेपानी सरसफाई, नगरपालिका साझेदारीमा ४ सय मिटर ग्राबेल, सडक बती विस्तार, लागुऔषध, महिला हिंसा डेंगु प्रवाभ र साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम, सिरिजंगा र लुङ्धुङ् टोल र इलाका प्रहरी कार्यालय दमक अन्तर्गत सामुदायिक प्रहरीको उपस्थितिमा संयुक्त कार्यक्रम, कोभिड–१९ (कोरोना भाइरस) महामारीको बेला विपन्न निम्न वर्गहरुलाई दमक नगरपालिकाको सहयोगमा राहत वितरण लगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भएको टोल अध्यक्ष माइतराज कुरुम्फङ्ले बताएका छन् ।

सभा संस्थाको अध्यक्ष माइतराज कुरुम्भङ् लिम्बूको सभाध्यक्षता, टोल सदस्य डिल्लीश्वर मुसाहाङ्को स्वागत मन्तव्य र का.वा. सचिव याम बहादुर राईको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...