दमकको यामाहा सोरुममा रे जेडआर १२५ एफआई स्कुटर

 लिम्बुवान खबर
                       

दमक यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर बजारमा ल्याएको छ । ७ असोजमा भर्चुअल विधिबाट कम्पनीले लञ्च गरेको सो स्कुटरको आज यामाहा नेपालको दमकस्थित सो रुम क्रिसभ कमर्सियल कम्पनी लिमिटेडमा समेत लञ्च गरिएको छ ।

नयाँ रे जेडआर १२५ एफआईको यो नयाँ स्कुटरको स्टाइल र फिचरका बारेमा समेत जानकारी गराइएको थियो । क्रिसभ अर्थात यामाहा सोरुम दमकका सञ्चालक सञ्जु पराजुली र बजार प्रतिनिधि अकिंत खतिवडाले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरेका थिए ।

 

नयाँ रे जेडआर १२५ एफआईमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गतिलिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्यफिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजीअक्षर ‘वाई’ आकारको नयाँएलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनकफिचर रहेका छन् । यसको वजन ९९ केजीमात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुका स्कुटर बनाएको छ ।

विर्तामोडमा पनि नयाँ स्कुटरको बिक्री खुला
यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच आज बिहीबार राष्ट्रिय कलाकार विल्सन विक्रम राई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सञ्चालक विनोद बस्नेतले स्कुटरको अनावरण गरेका थिए । स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९०० रूपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;