चुलाचुली मिडियाकाे कार्यक्रम “समय र सिर्जना”

 लिम्बुवान खबर
                       

चुलाचुली ।  इलाम र चुलाचुली मिडिया प्रा.लि.को अफिसियल युटुव च्यानलबाट प्रत्येक हप्ता विहिबार विहान ७ बजे प्रशारण हुँदै आएको कार्यक्रम “समय र सिर्जना” भोली विहिवारबाट ११ औं श्रृंखलामा प्रवेश गर्दैछ ।

आगामी ११ औं श्रृंखला देखि १५ औं श्रृङखला सम्मलाई प्रायोजन गरेर गौरादह नगरपालिका झापा हाल दक्षिण कोरियाबाट बालकृष्ण वान्तवा राई, लक्की रासी बेलडाँगी झापा हाल अमेरिका, राज बराल, बेलडाँगी झापा हाल अमेरिका, उपेन्द्र नेम्बाङ विरही फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप पाँचथर, हाल दक्षिण अफ्रिका, दीपेन्द्र कट्वाल शनिश्चरे न. पा. वडा नम्बर ८ मोरङ, हाल मसकट ओमन रहने निश्चय भएको छ ।

कार्यक्रम “समय र सिर्जना” मा प्रत्येक विहिबार साहित्य, कला, संगीतमा आफ्नो योगदान पुर्याउदै आउनु भएका एक जना सर्जक संग अन्तरंग कुराकानी गरिदै आएको कार्यक्रम हो ।

हाल सम्म कार्यक्रममा कविहरु पुष्प लोवा, तिलक राई, टंक आचार्य, मुर्तिकार भक्त मेवाहाङ राई, रंगकर्मी अनिल सुब्बा, छन्द कवि विष्णु न्यौपाने, गायिका अपेक्षा तामाङ, कवि सुमित्रा वाङदेल चेली, कलाकार मौसम राई र हाल सर्वाधिक रुचाइएका गायक जन्तरे मामा (अमित राई) संग अन्तरंग कुराकानी भइसकेको कार्यक्रमलाई कुसङ मुन्धुमिक प्रोडक्स र चौदन्डीगढी डट.कम.ले सहप्रायोजकको रुपमा सहयोग पुर्याउदै आएको छ ।

कार्यक्रम प्रत्येक हप्ताको विहिबार विहान ७ बजे मिडिया चुलाचुलीको अफिसियल युटुव च्यानलबाट प्रशारण हुँदै आएको कार्यक्रम हो भने, कार्यक्रम प्रस्तोता कवि राजकुमार सुब्बा अनिश्चितले संचालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;