नेपाली टिमको प्रशिक्षक बन्न ३५ जनाको निवेदन, यी देशका हुन् इच्छुक

 लिम्बुवान खबर
                       

काठमाडौं : नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको हो ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका श्रीलंकाका पूर्व खेलाडी पुबुदुले नेपाली क्रिकेटलाई नयाँ उचाई दिएका थिए ।

सन् २००७ देखि ११ सम्म क्यानाडा राष्ट्रिय क्रिकेटको जिम्मेवारी सम्हालेका पुबुदु त्यसपछि २०१५ सम्म नेपालको राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी २० वल्र्डकप क्रिकेट खेलेको थियो ।

अफ्गानिस्तानसहित विभिन्न देशका क्वबलहरूको प्रशिक्षण सम्हालेका लान्च क्रुजनरले पनि मुख्य प्रशिक्षकका लागि क्यानमा निवेदन दिएका छन् ।

जनरल म्यानेजरमा समेत २५ जनाको निवेदन परेको क्यानले जनाएको छ । उनीहरू सबैको सूची तयार पारी केही दिनभित्रै छनोट प्रक्रियामा जाने क्यानको तयारी छ ।

आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारीसहितको टोलीले मुख्य प्रशिक्षकको छनोट गर्नेछन । मुख्य प्रशिक्षकसहित माग गरेका सबै पदको पदपूर्ति एकै साथ गरिने तयारी क्यानले गरेको छ । –रेडियो कान्तिपुरबाट

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;