प्रेस काउन्सिलको काबा अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

 लिम्बुवान खबर
                       

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको छ ।

काउन्सिलमा श्रेष्ठको कार्यकाल असोज १३ गते सकिँदैछ । चार दिनअघि कार्यबाहक अध्यक्षबाट राजीनामा दिएका उनी अब चार दिन सदस्यका रुपमा रहनेछन् । काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको श्रेष्ठले बताए ।

सरकारले एक महिनाअघि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो । त्यसविरुद्ध काउन्सिल बोर्ड सर्वोच्च अदालत गएको थियो ।

अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि श्रेष्ठ आफ्नो पदमा यथावत रहेका थिए ।

तर श्रेष्ठसँगै काउन्सिलका सदस्य खिलबहादुर भण्डारीको पदावधि १३ असोजमा सकिँदैछ । त्यो ठाउँमा सरकारले २ जनालाई नियुक्त गर्नेछ । हालै मात्र दुई जना नियुक्त गरिसकेको छ भने काउन्सिलका दुई सदस्य अहिले पनि श्रेष्ठ–बुढाथोकी खेमाको विपक्षमा छन् ।

उनीहरु मिलेर कार्यवाहक अध्यक्षमा बुढाथोकीलाई रोक्नसक्ने देखेपछि श्रेष्ठले कार्यकाल सकिनु चार दिनअघि नै कार्यबाहकबाट राजीनामा दिएर बुढाथोकीलाई नेतृत्वमा स्थापित गरेका हुन् ।

सरकारले दुई वर्षअघि काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्‍न उठेपछि अदालतमा मुद्दा पर्‍यो, जुन मुद्दा अहिले पनि विचाराधीन छ । सो मुद्दा नटुंगेसम्म कार्यवाहक अध्यक्षले काउन्सिलको नेतृत्व गर्नेछन्, जो काउन्सिल बोर्डले तोक्नसक्छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;