बेलायतको फेल्थम र हेस्टनमा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चयन, उपाध्यक्षमा लिङदेन

 लिम्बुवान खबर
                       

लण्डन । बेलायतको उत्तर पश्चिममा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । गत २३ सेप्टेम्बरमा जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रमका बीच अध्यक्षमा निर्मला मदादी चयन भएकी छन भने उपाध्यक्षमा नेपालका इन्द्रहाङ् लिङ्देन र एलन जोसेफ चयन भएका छन्, यसै गरी समितिको कोषाध्यक्षमा रोवर्ट क्लेभ चयन भएका छन् ।

उपाध्यक्षमा चयन भएसँगै लिङ्देनले सदस्यता वृद्धि गर्ने तथा आउने निर्वाचनमा उम्मेद्वारी दिने ब्यक्तिहरुलाई सहयोग गर्ने दायित्व रहेको बताए । बैठकमा पूर्व सांसद प्याट्रिक ग्राउण्ड, सांसद उम्मेदवार जेन किप, लन्डन एसेम्बली उपसभापति टोनी अर्वर र लन्डन दक्षिण पश्चिमका कन्जरभेटिभ पार्टीका अध्यक्ष मार्टिन हिजलपले उपस्थित थिए। 
फेलथम र हेस्टन एक निर्वाचन क्षेत्र हो जुन सन् १९७४ मा युके संसदको हाउस अफ-कमनमा प्रतिनिधित्व गरिएको थियो। यहाँको स्थानीय निर्वाचनमा लेवर पार्टीकी सीमा मल्होत्राले सांसदको रुपमा २०११ देखि हालसम्म प्रतिनिधित्व गर्दै आएकी छन् । यस निर्वाचन क्षेत्रमा १० वडा छन । ती वडाहरुमा बेडफन्ट, क्र्यानफोर्ड, फेल्टम उत्तर, फेल्टम वेस्ट, हानवर्थ, हानवर्थ पार्क, हेस्टन सेन्ट्रल, हेस्टन पूर्व, हेस्टन वेस्ट र हौंस्लो पश्चिम रहेका छन् ।

नेपालको ताप्लेजुङ घर भएका उपसभापति लिङ्देनले आफ्नो पार्टीमा सहभागी हुन चाहने फेलथम र हेस्टनका सबै इच्छुक व्यक्तिहरूले आफुलाई सम्पर्क गर्न समेत आग्रह गरे ।उक्त कार्यसमितिमा उपसभापति चयन भएसँगै लण्डन नेपाल न्यूज सँग प्रतिक्रिया दिदै लिङदेनले यस अवसरले यहाँ रहेका नेपालीहरुको आवाज बुलन्द गर्न सजिलो हुने बताए । नेपाली राजनीति सँगै बेलायतको राजनीतिमा पनि नेतृत्व गर्न पाउँदा उनले खुशी ब्यक्त गरे । बेलायतमा ८ बर्षदेखी बस्दै आएका उनी फेल्थम स्थित नमस्ते गोर्खा रेस्टुरेन्टका सञ्चालक तथा जन–सम्पर्क समिति यूकेका सहमहामन्त्री पनि हुन ।

यस निर्वाचन क्षेत्रको जनसंख्या १ लाख ३० हजार रहेको छ । पछिल्लो क्रममा यस निर्वाचन क्षेत्रमा नेपालीहरुको उपस्थिती बढ्दै गइरहेको कारण नेपालीहरुले राजनीतिमा विशेष चासो राख्दै आएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...