बेलायतको फेल्थम र हेस्टनमा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चयन, उपाध्यक्षमा लिङदेन

 लिम्बुवान खबर
                       

लण्डन । बेलायतको उत्तर पश्चिममा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । गत २३ सेप्टेम्बरमा जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रमका बीच अध्यक्षमा निर्मला मदादी चयन भएकी छन भने उपाध्यक्षमा नेपालका इन्द्रहाङ् लिङ्देन र एलन जोसेफ चयन भएका छन्, यसै गरी समितिको कोषाध्यक्षमा रोवर्ट क्लेभ चयन भएका छन् ।

उपाध्यक्षमा चयन भएसँगै लिङ्देनले सदस्यता वृद्धि गर्ने तथा आउने निर्वाचनमा उम्मेद्वारी दिने ब्यक्तिहरुलाई सहयोग गर्ने दायित्व रहेको बताए । बैठकमा पूर्व सांसद प्याट्रिक ग्राउण्ड, सांसद उम्मेदवार जेन किप, लन्डन एसेम्बली उपसभापति टोनी अर्वर र लन्डन दक्षिण पश्चिमका कन्जरभेटिभ पार्टीका अध्यक्ष मार्टिन हिजलपले उपस्थित थिए। 
फेलथम र हेस्टन एक निर्वाचन क्षेत्र हो जुन सन् १९७४ मा युके संसदको हाउस अफ-कमनमा प्रतिनिधित्व गरिएको थियो। यहाँको स्थानीय निर्वाचनमा लेवर पार्टीकी सीमा मल्होत्राले सांसदको रुपमा २०११ देखि हालसम्म प्रतिनिधित्व गर्दै आएकी छन् । यस निर्वाचन क्षेत्रमा १० वडा छन । ती वडाहरुमा बेडफन्ट, क्र्यानफोर्ड, फेल्टम उत्तर, फेल्टम वेस्ट, हानवर्थ, हानवर्थ पार्क, हेस्टन सेन्ट्रल, हेस्टन पूर्व, हेस्टन वेस्ट र हौंस्लो पश्चिम रहेका छन् ।

नेपालको ताप्लेजुङ घर भएका उपसभापति लिङ्देनले आफ्नो पार्टीमा सहभागी हुन चाहने फेलथम र हेस्टनका सबै इच्छुक व्यक्तिहरूले आफुलाई सम्पर्क गर्न समेत आग्रह गरे ।उक्त कार्यसमितिमा उपसभापति चयन भएसँगै लण्डन नेपाल न्यूज सँग प्रतिक्रिया दिदै लिङदेनले यस अवसरले यहाँ रहेका नेपालीहरुको आवाज बुलन्द गर्न सजिलो हुने बताए । नेपाली राजनीति सँगै बेलायतको राजनीतिमा पनि नेतृत्व गर्न पाउँदा उनले खुशी ब्यक्त गरे । बेलायतमा ८ बर्षदेखी बस्दै आएका उनी फेल्थम स्थित नमस्ते गोर्खा रेस्टुरेन्टका सञ्चालक तथा जन–सम्पर्क समिति यूकेका सहमहामन्त्री पनि हुन ।

यस निर्वाचन क्षेत्रको जनसंख्या १ लाख ३० हजार रहेको छ । पछिल्लो क्रममा यस निर्वाचन क्षेत्रमा नेपालीहरुको उपस्थिती बढ्दै गइरहेको कारण नेपालीहरुले राजनीतिमा विशेष चासो राख्दै आएका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...