फालेलुङमा लिम्बुवानको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान खबर
                       

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल फालेलुङ गाउँपालिकाको आयोजनामा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न विद्या प्रचार मावि भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर केरुङ्ले सहजीकरण गरेका थिए । फालेलुङका अग्रज ४२ जना नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्ला सदस्यद्वय प्रकाश केरुङ्, तिलबहादुर केरुङ्, संघीय बिद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मञ्च, जिल्ला सचिव रामचन्द्र नेम्बाङ, सहसचिव गगन जबेगु, सदस्य सुजन मादेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कुमार केरुङकाे अध्यक्षतामा त्यसैगरी सचिव कुमार यवाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...