सांस्कृतिक पुनर्जागरण अभियानमा लिम्बुहरु जुर्मुराउँदै

,   लिम्बुवान खबर
                       

दमक। नेपालमा भाषिक, सांस्कृतिक, सामाजिक रुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ ।
सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न भौतिक पूर्वाधार अथवा विकासको नारासँगै नामहरुमा परिवर्तन गर्दै लगिएकोमा लिम्बु समुदायहरु एकजुट हुँदै सांस्कृतिक पुनर्जागरण अभियान लिएर आफ्नो थातथलो रहेको ठाउँहरुमा लिम्बु जातीहरु जुर्मुराउँदै गएको शनिबार झापा दमकको किराँत भवनमा सम्पन्न कार्यक्रमले संकेत गरेको छ ।


किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको आयोजना तथा विभिन्न लिम्बु जन्य संघ संस्थाहरुको संयुक्त प्रायोजनमा उक्त सांस्कृतिक पुनर्जागरण अभियान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यपत्र प्रस्ताेताः- दिलेन्द्र कुरूम्बाङ

कार्यक्रममा लिम्बु भाषा साहित्य विद्व दिलेन्द्र कुरुम्बाङले अहिलेसम्म हामीले के गर्यौ र आगामी दिनमा के गर्न जरुरी छ ? भन्ने बिषयमा एक कार्यपत्र प्रस्तुत गर्दैे भाषा, संस्कार, संस्कृतिलाई बचाउन आफ्नो पहिचान झल्किने संरचनाहरुको नामाकरण यथावत गर्दै लाने अथवा पुनःउत्थान गर्दै लानु पर्नेमा जोड दिएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री तथा सभासद श्री प्रसाद जवेगुले एकात्मकवादीहरु देशको राजनैतिक गर्ने महत्वपूर्ण ठाउँ हुँदा सांस्कृतिक रुपमा गाउँ ठाउँ स्कुलका नामहरु अतिक्रमण गर्ने काम २००७ सालदेखि २०४६ सम्ममा सबैभन्दा धेरै भएको छ । उनले सांस्कृतिक अतिक्रमण रोक्नको निमित्त तमाम लिम्बु समुदायहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन् । त्यसैगरी पूर्व माननीय जवेगूले –“नेपालको संविधान २०७२ को धारा ३२ को उपधारा ४ लाई टेकेर सद्भावपूर्ण, सदासयता र तर्कपूर्ण ढंगले आफ्नो अधिकार प्राप्त गर्न राष्ट्रपति, प्रधामन्त्री, मन्त्रीहरुका साथै प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय सरकार सबैसँग समन्वय वार्ता गर्न तयार भएको बताएका छन् ।”


कार्यक्रममा बोल्दै लिम्बुवान नेता वीर नेम्बाङ्, मुक्साम मेन्याङ्बो, अशोक चेम्जोङ्, मिसेकहाङ् थाम्सुहाङ् लगायतका वक्ताहरुले सांस्कृतिक पुनर्जागरण कार्यक्रमलाई साथ दिने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् लगायत अन्य जातीय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र माथि सामूहिक छलफल गर्दै सो कार्यपत्रको केही बुँदाहरुलाई परिमार्जित गर्दै सबै जिल्ला, क्षेत्रहरुमा पु¥याउन चुम्लुङ् प्रदेश समितिलाई उपस्थित जनसुदायले सुझाव दिएका छन् ।

कार्यक्रम कियाचु प्रदेश अध्यक्ष धुर्ब मेन्याङ्बोको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य कियाचु झापा जिल्ला अध्यक्ष भक्त खेवाङ्ले गरेका थिए भने प्रदेशका मुख्य सचिव मधु केरुङ्ले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा इलाम, झापा, मोरङ् र सुनसरी जिल्लाबाट १ सय भन्दा बढिको संख्यामा उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;