सांस्कृतिक पुनर्जागरण अभियानमा लिम्बुहरु जुर्मुराउँदै

 लिम्बुवान खबर
                       

दमक। नेपालमा भाषिक, सांस्कृतिक, सामाजिक रुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ ।
सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न भौतिक पूर्वाधार अथवा विकासको नारासँगै नामहरुमा परिवर्तन गर्दै लगिएकोमा लिम्बु समुदायहरु एकजुट हुँदै सांस्कृतिक पुनर्जागरण अभियान लिएर आफ्नो थातथलो रहेको ठाउँहरुमा लिम्बु जातीहरु जुर्मुराउँदै गएको शनिबार झापा दमकको किराँत भवनमा सम्पन्न कार्यक्रमले संकेत गरेको छ ।


किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको आयोजना तथा विभिन्न लिम्बु जन्य संघ संस्थाहरुको संयुक्त प्रायोजनमा उक्त सांस्कृतिक पुनर्जागरण अभियान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यपत्र प्रस्ताेताः- दिलेन्द्र कुरूम्बाङ

कार्यक्रममा लिम्बु भाषा साहित्य विद्व दिलेन्द्र कुरुम्बाङले अहिलेसम्म हामीले के गर्यौ र आगामी दिनमा के गर्न जरुरी छ ? भन्ने बिषयमा एक कार्यपत्र प्रस्तुत गर्दैे भाषा, संस्कार, संस्कृतिलाई बचाउन आफ्नो पहिचान झल्किने संरचनाहरुको नामाकरण यथावत गर्दै लाने अथवा पुनःउत्थान गर्दै लानु पर्नेमा जोड दिएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री तथा सभासद श्री प्रसाद जवेगुले एकात्मकवादीहरु देशको राजनैतिक गर्ने महत्वपूर्ण ठाउँ हुँदा सांस्कृतिक रुपमा गाउँ ठाउँ स्कुलका नामहरु अतिक्रमण गर्ने काम २००७ सालदेखि २०४६ सम्ममा सबैभन्दा धेरै भएको छ । उनले सांस्कृतिक अतिक्रमण रोक्नको निमित्त तमाम लिम्बु समुदायहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन् । त्यसैगरी पूर्व माननीय जवेगूले –“नेपालको संविधान २०७२ को धारा ३२ को उपधारा ४ लाई टेकेर सद्भावपूर्ण, सदासयता र तर्कपूर्ण ढंगले आफ्नो अधिकार प्राप्त गर्न राष्ट्रपति, प्रधामन्त्री, मन्त्रीहरुका साथै प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय सरकार सबैसँग समन्वय वार्ता गर्न तयार भएको बताएका छन् ।”


कार्यक्रममा बोल्दै लिम्बुवान नेता वीर नेम्बाङ्, मुक्साम मेन्याङ्बो, अशोक चेम्जोङ्, मिसेकहाङ् थाम्सुहाङ् लगायतका वक्ताहरुले सांस्कृतिक पुनर्जागरण कार्यक्रमलाई साथ दिने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् लगायत अन्य जातीय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र माथि सामूहिक छलफल गर्दै सो कार्यपत्रको केही बुँदाहरुलाई परिमार्जित गर्दै सबै जिल्ला, क्षेत्रहरुमा पु¥याउन चुम्लुङ् प्रदेश समितिलाई उपस्थित जनसुदायले सुझाव दिएका छन् ।

कार्यक्रम कियाचु प्रदेश अध्यक्ष धुर्ब मेन्याङ्बोको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य कियाचु झापा जिल्ला अध्यक्ष भक्त खेवाङ्ले गरेका थिए भने प्रदेशका मुख्य सचिव मधु केरुङ्ले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा इलाम, झापा, मोरङ् र सुनसरी जिल्लाबाट १ सय भन्दा बढिको संख्यामा उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...