निर्देशक प्रेम सेर्मा (माङजाबुङ्गे)काे निधन

 लिम्बुवान खबर
                       

उर्लाबारी।  शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक, निर्देशक प्रेम सर्मा ( माङ्जाबुङ्गे ) को निधन भएको छ ।

लामो समयदेखि मृगौला र कलेजो रोगवाट पीडित सर्माको आज विहान १० वजे आफ्नै निवासमा निधन भएको हो । ५५ बर्षिय सेर्मा मोरङको उर्लावारीमा परिवारसहित बस्दैआएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

उनी फिल्मीसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा  समेत सक्रिय रहदै आएका थिए । सामाजिक कृयाकलापहरूमा समेत सधै अग्रसर  सेर्माको आजै उर्लाबारीस्थित सुनझोडा जंगलमा किरात धामिर्क परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

यसैवीच, सेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यकार, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;