निर्देशक प्रेम सेर्मा (माङजाबुङ्गे)काे निधन

,   लिम्बुवान खबर
                       

उर्लाबारी।  शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक, निर्देशक प्रेम सर्मा ( माङ्जाबुङ्गे ) को निधन भएको छ ।

लामो समयदेखि मृगौला र कलेजो रोगवाट पीडित सर्माको आज विहान १० वजे आफ्नै निवासमा निधन भएको हो । ५५ बर्षिय सेर्मा मोरङको उर्लावारीमा परिवारसहित बस्दैआएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

उनी फिल्मीसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा  समेत सक्रिय रहदै आएका थिए । सामाजिक कृयाकलापहरूमा समेत सधै अग्रसर  सेर्माको आजै उर्लाबारीस्थित सुनझोडा जंगलमा किरात धामिर्क परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

यसैवीच, सेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यकार, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;