डाँफेको बार्षिक प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक ।  झापाको दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिबेदन आज सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले आईतबार संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमका वीच ४७ करोड बढि वासलत रहेको बार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष न्यौपानेले आगामी तीन वर्ष भित्र वासलतलाई दोब्वरले बढाएर १ अर्व ४ करोड माथि पुरयाउने लक्ष्य रहेको बताए । यसैगरि सोहि कार्यकालमा संस्थाले धेरै नीतिगत सुधारका साथै आर्थिक सुधारका रणनीतिहरु लिएको समेत उनले जानकारी दिए ।

संस्थाले यसै आर्थिक वर्षबाट व्यवसायिक ऋण लगानीमा बृद्धि गरि ३५ लाखबाट बढाएर ४० लाख पुरयाउने, सदस्य मृत्यु राहत कोषलाई १५ हजारबाट २० हजार पुरयाउने तथा संस्था बिकास कोषमा १ हजार रुपैया थप गरिएको अध्यक्ष न्यौपानेले बताएका छन् । यसरीनै ऋण तथा बचतको व्याजदरमा समेत हेरफेर गरिएको १० लाख बढिको कर्जा भुक्तानीको समय ५ वर्षबाट बढाएर १० वर्ष पुरयाइएको, सामूहिक कर्जामा बृद्धि गरिएको, ब्यक्तिगत कर्जालाई १० लाखबाट बढाएर १५ लाख पुरयाइएको, कर्जा सुरक्षण कोषमा ५० प्रतिशत छुट, कार्यालय भवन सुधार तथा बिर्तामोड र सुरुङामा थप २ वटा सेवा केन्द्र सञ्चालनका लागि समेत प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि, संस्थाले मुलुकको बिषम परिस्थितिलाई मध्यनजर गरदै मुलुकमा गरिएको लकडाउन यताको असार मसान्त सम्म सदस्यहरुलाई २२ लाख बढिको व्याज छुट दिएको जनाएको छ । त्यस्तै, संस्थाले झापाको कोटीहोममा सञ्चालनमा आएको पिसिआर ल्याव सञ्चालनका लागि ५१ हजार सहयोग गरेको छ भने अन्य उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य रहेको छ । हाल संस्थाले ३४ करोड बढि कर्जा लगानी गरेको जनाएको छ ।

संस्थाको बार्षिक साधारणसभा आगामी असोज २० गते संस्थाको सभाहलमा सम्पन्न गरिने संस्थाका व्यवस्थापक सुदिप खतिवडाले जानकारी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहकारीका सहसचिब केशवशरण अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका लेखा समिति संयोजक हेमचन्द्र खनालले संस्थाको आर्थिक प्रगतिका बारेमा जानकारी गराएका थिए । कार्यक्रम सचिब लिलानाथ खनालले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;