कमलमा लिम्बुवान भोलेन्टियर्स कमाण्डर नियुक्त तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान खबर
                       

केर्खाबजार। पन्ध्रबर्ष अघि लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि अरुण पूर्व नौ जिल्लामा पहिचानवादी युवाहरुलाई स्वयमसेवकको रुपमा स्थापना गरेको लिम्बुवान भोलेन्टियर्स अझै पनि लिम्बुवान प्रान्त प्राप्तिको आन्दोलनमा सक्रिय रहेको छ ।

आइतबार झापाको कमल गाउँपालिकामा लिम्बुवान भोलेन्टियर्सले कमाण्डर नियुक्त तथा १ दिने प्रशिक्षण कार्यक्रम गरेसँगै भोलेन्टियर्स सक्रिय भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले कार्यक्रममा वर्तमान अस्थिर राजनैतिक अवस्था भएको हुँदा सबै पहिचानवादी राजनैतिक पार्टीहरुले एकता वा कहिल्यै नछुटिन्ने मोर्चावन्दीको प्रतिबद्धता गरे मात्र पहिचानको क्रान्ति सफल हुने बताएका छन । उनले अब लिम्बुवान प्रान्त स्थापनाको लागि नौ वटै जिल्लामा जिल्ला कमाण्ड, फिल्ड कमाण्ड, वार्ड कमाण्डका साथै कमाण्डरहरु नियुक्त गर्दै लिम्बुवान प्राप्तिको वैचारिक र शसक्त आन्दोलनमा युवाहरुलाई परिचालन गर्न लिम्बुवान भोलेन्टियर्सले महत्वपूर्ण भूमिका खेल्ने बताए ।  त्यस्तै, अबको वैल्कपिक शक्ति नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भएको हुँदा नेपालको राष्ट्रिय अखण्डतालाई कायम राख्दै लिम्बुवान सहितको १०+१ प्रान्त कायम नभएसम्म संघीयता कार्यान्वयन सम्भव छैन त्यसैले शरीरमा एक थोपा रगत रहुन्जेलसम्म लिम्बुवान भोलेन्टियर्स लड़ने प्रवक्ता राईले बताए ।

कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य सुर्य प्रसाद याेक्पादेन, प्रकाश नेम्बाङ्, भोलेन्टियर्स उपकमाण्डर हाईजन लिम्बु लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

लिम्बुवान भोलेन्टियर्स कमल गाउँपालिकाको उक्त भेलाले सीनियर सिभिल कमाण्डरमा राज माबो र रान्जु लिम्बू नियुक्त गरेको छ भने सिभिल कमाण्डरमा सन्दीप लिम्बू र बिपेन राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथिको हातबाट लिम्बुवान भोलेन्टियर्स परिचय कार्ड समेत वितरण गरीएको थियो ।

लिम्बुवान भोलेन्टियर्स कमल इन्चार्ज केन्द्रीय उपकमाण्डर बसन्त राज योङहाङको अध्यक्षता तथा लिम्बुवान मञ्च कमल गाउँपालिका सचिब बिजेन्द्र मेन्याङ्बोको कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा कमलका सत्तरी भन्दा धेरै नेता, कार्यकर्ता र भोलेन्टियर्सहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...