कमलमा लिम्बुवान भोलेन्टियर्स कमाण्डर नियुक्त तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान खबर
                       

केर्खाबजार। पन्ध्रबर्ष अघि लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि अरुण पूर्व नौ जिल्लामा पहिचानवादी युवाहरुलाई स्वयमसेवकको रुपमा स्थापना गरेको लिम्बुवान भोलेन्टियर्स अझै पनि लिम्बुवान प्रान्त प्राप्तिको आन्दोलनमा सक्रिय रहेको छ ।

आइतबार झापाको कमल गाउँपालिकामा लिम्बुवान भोलेन्टियर्सले कमाण्डर नियुक्त तथा १ दिने प्रशिक्षण कार्यक्रम गरेसँगै भोलेन्टियर्स सक्रिय भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले कार्यक्रममा वर्तमान अस्थिर राजनैतिक अवस्था भएको हुँदा सबै पहिचानवादी राजनैतिक पार्टीहरुले एकता वा कहिल्यै नछुटिन्ने मोर्चावन्दीको प्रतिबद्धता गरे मात्र पहिचानको क्रान्ति सफल हुने बताएका छन । उनले अब लिम्बुवान प्रान्त स्थापनाको लागि नौ वटै जिल्लामा जिल्ला कमाण्ड, फिल्ड कमाण्ड, वार्ड कमाण्डका साथै कमाण्डरहरु नियुक्त गर्दै लिम्बुवान प्राप्तिको वैचारिक र शसक्त आन्दोलनमा युवाहरुलाई परिचालन गर्न लिम्बुवान भोलेन्टियर्सले महत्वपूर्ण भूमिका खेल्ने बताए ।  त्यस्तै, अबको वैल्कपिक शक्ति नै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भएको हुँदा नेपालको राष्ट्रिय अखण्डतालाई कायम राख्दै लिम्बुवान सहितको १०+१ प्रान्त कायम नभएसम्म संघीयता कार्यान्वयन सम्भव छैन त्यसैले शरीरमा एक थोपा रगत रहुन्जेलसम्म लिम्बुवान भोलेन्टियर्स लड़ने प्रवक्ता राईले बताए ।

कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य सुर्य प्रसाद याेक्पादेन, प्रकाश नेम्बाङ्, भोलेन्टियर्स उपकमाण्डर हाईजन लिम्बु लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

लिम्बुवान भोलेन्टियर्स कमल गाउँपालिकाको उक्त भेलाले सीनियर सिभिल कमाण्डरमा राज माबो र रान्जु लिम्बू नियुक्त गरेको छ भने सिभिल कमाण्डरमा सन्दीप लिम्बू र बिपेन राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथिको हातबाट लिम्बुवान भोलेन्टियर्स परिचय कार्ड समेत वितरण गरीएको थियो ।

लिम्बुवान भोलेन्टियर्स कमल इन्चार्ज केन्द्रीय उपकमाण्डर बसन्त राज योङहाङको अध्यक्षता तथा लिम्बुवान मञ्च कमल गाउँपालिका सचिब बिजेन्द्र मेन्याङ्बोको कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा कमलका सत्तरी भन्दा धेरै नेता, कार्यकर्ता र भोलेन्टियर्सहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...