मेची सहकारी संस्था दमकको २६ औं साधारणसभा सम्पन्न

,   लिम्बुवान खबर
                       

दमक । दमकको मेची सहकारी संस्थाले आज आफ्नो २४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभाको समापन गरेको छ । बिगतमा बृहत रुपमा कार्यक्रम गरी साधारणसभा गर्ने मेची सहकारीले यस बर्ष कोरोना संक्रमणको महामारीका कारण प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभाको समापन गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ हजार रुपैयाँ पुरस्कार राशीको  स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ नेपालकी बरिष्ठ उपाध्यक्ष तथा संबिधानसभा सदस्य ओमदेवी मल्ललाई र १० हजार रुपैयाँ पुरस्कार राशीको स्व. गणेशप्रसाद बस्नेत स्मृति पत्रकारीता पुरस्कारबाट सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईलाई पुरस्कृत गरिएको सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा मेचि सहकारी पत्रकारीता पुरस्कारबाट उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मा र सन्चारगृह अन्तर्गत झापा बिर्तामोडको साझामञ्च अनलाईनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दमक नगरपालीकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र झापा जिल्ला वचत संघका उपाध्यक्ष तुलाराम न्यौपानेले बोल्नु भएको थियो ।

गत साउन २८ गते सार्वजनिक गरिएको सहकारीको प्रतिवेदन क्षेत्रगत रुपमा सदस्यहरुलाई वितरण गरि सुझाव संकलन गरिएको सहकारीको व्यवस्थापनक खोम बगालेले जानकारी दिनु भयो । सदस्यहरुको सुझावहरु संकलन गरी सञ्चालक समितिले अन्तिम प्रतिवेदन तयार गरी आज साधारणसभाबाट पास गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;