१० प्रदेश सांसदले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १६ भदौं । प्रदेश नं. १ का १० जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गरेका छन् । बुधबार परित्याग गरेका १० प्रदेश सांसदहरुले एकीकृत समाजवादीमा आफूलाई सनाखत गरेका छन् ।

प्रदेश सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले बुधबार निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर आफूलाई नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यससँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा परेको छ । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य यही भदौ १० गते प्रदेश एकको मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्री आचार्यसँगै सिंगो एमाले पार्टी पंक्तीले उनीहरुलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न एक सातादेखि प्रयास गरेका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत कायम राख्नकै लागि मुख्यमन्त्री परिवर्तन समेत गरियो तर बहुमत जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री आचार्यले पार्टीभित्र र बाहिर समेत आलोचना खेप्नु परेको छ ।

त्यसो त, मंगलबार प्रदेश एक सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा आचार्यले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका थिए । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि खासै छैन । मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो’ उनले कार्यक्रममा भनेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद रहेकामा १० जना नेकपा समाजवादीमा गएपछि अब ४१ सांसद मात्रै भएका छन् । प्रदेश एकमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३ र राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना सांसद रहेका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...