उर्लाबारी उवासंघमा लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणा

,   लिम्बुवान न्युज
                       

उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारी घोषणा गरेको छ । बुधबार उर्लाबारीस्थित सगरमाथा सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी तारामान सिरेङ लिम्बू नेतृत्वको लोकतान्त्रिक प्यानल घोषणा गरिएको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र संघीय लिम्बुवान मञ्च, नेपाल सहितको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (दिलु), उद्योग उपाध्यक्षमा वाङ्गाई धिमाल, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), महासचिवमा हेमराज गुरुङ्, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बु, वाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार बनेका छन् ।

यस्तैगरी कार्य समिति सदस्यहरुमा नविन श्रेष्ठ, भिम घिमीरे, वेचन यादव, योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ तथा लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमीरे र विकास राईलाई लोकतान्त्रिक प्यानलले उम्मेद्वार बनाएका छन् ।

उम्मेद्वारी घोषणा कार्यक्रममा उर्लाबारी नगरप्रमुख खड्ग फागोले लोकतान्त्रिक प्यानलबाट ब्यापरीको हकहितका लागि अहोरात्र खट्ने उम्मेदवार चयन गरिएको बताए । विश्वासले गठबन्धन गरिएको हुँदा सबै उम्मेद्वारलाई जिताउन गठबन्धन दल र सबै उद्यमी, उद्योगी, व्यवसायीहरुमा अनुरोध गर्दै विश्वासघात नगर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, दमक उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली कांग्रेस उर्लाबारी सभापति वीरबल थापा, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला सचिव बरुण लाबुङ्, संघका पूर्व अध्यक्ष केशव कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

उम्मेद्वारी घोषणा तयारी समितिका संयोजक तेजकुमार रिजालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी तारामान सिरेङ लिम्बूले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा लिम्बुवान मञ्चकी नगर सचिव अञ्जु लिङदेनको स्वागत मन्तव्य र जसपाका दिपक न्यौपानेको संचालन रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;