उर्लाबारी उवासंघमा लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारी घोषणा गरेको छ । बुधबार उर्लाबारीस्थित सगरमाथा सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी तारामान सिरेङ लिम्बू नेतृत्वको लोकतान्त्रिक प्यानल घोषणा गरिएको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र संघीय लिम्बुवान मञ्च, नेपाल सहितको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (दिलु), उद्योग उपाध्यक्षमा वाङ्गाई धिमाल, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), महासचिवमा हेमराज गुरुङ्, उद्योग सचिवमा पूर्ण सिंगक लिम्बु, वाणिज्य सचिवमा भेषबन्दु निरौला र कोषाध्यक्षमा कृष्णराज गिरी उम्मेद्वार बनेका छन् ।

यस्तैगरी कार्य समिति सदस्यहरुमा नविन श्रेष्ठ, भिम घिमीरे, वेचन यादव, योवाहाङ तुम्बाहाम्फे र राजकुमार श्रेष्ठ तथा लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमीरे र विकास राईलाई लोकतान्त्रिक प्यानलले उम्मेद्वार बनाएका छन् ।

उम्मेद्वारी घोषणा कार्यक्रममा उर्लाबारी नगरप्रमुख खड्ग फागोले लोकतान्त्रिक प्यानलबाट ब्यापरीको हकहितका लागि अहोरात्र खट्ने उम्मेदवार चयन गरिएको बताए । विश्वासले गठबन्धन गरिएको हुँदा सबै उम्मेद्वारलाई जिताउन गठबन्धन दल र सबै उद्यमी, उद्योगी, व्यवसायीहरुमा अनुरोध गर्दै विश्वासघात नगर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, दमक उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली कांग्रेस उर्लाबारी सभापति वीरबल थापा, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला सचिव बरुण लाबुङ्, संघका पूर्व अध्यक्ष केशव कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

उम्मेद्वारी घोषणा तयारी समितिका संयोजक तेजकुमार रिजालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी तारामान सिरेङ लिम्बूले प्रतिबद्धता मन्तव्य राखेका थिए । कार्यक्रममा लिम्बुवान मञ्चकी नगर सचिव अञ्जु लिङदेनको स्वागत मन्तव्य र जसपाका दिपक न्यौपानेको संचालन रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...