पत्रकार आङ्ला गिरीराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित

 लिम्बुवान न्युज
                       

धरान, १७ भदौ।  सुनसरी धरानका अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’बाट पत्रकार भैरव आङ्ला पुरस्कृति भएका छन् ।

नेपाली कांग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आज धरान २ स्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको उक्त पुरस्कार पत्रकार आङ्लालाई प्रदान गरिएको हो ।

प्रदेश नं १ संसदीय दलका नेता एवं काँग्रेस सुनसरीका सभापति राजीव कोइराला, संघीय सांसद मिना सुब्बा, प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एव पुरस्कारका संस्थापक संरक्षक तिलक राई लगायत नेताहरूको उपस्थितिमा नगद २० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न काँग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी यो अक्षयकोष स्थापना गरेका हुन् ।

कार्यक्रममा मेयर राईले अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उनको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जीवित व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए । अध्यक्ष राईले आदिवासी तथा जनजाति पत्रकारिता पुरस्कारका लागि पनि मेयर राईले अक्षयकोष खडा गरिदिएको भन्दै धन्यवाद समेत प्रकट गरेका थिए ।

अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्वी पोस्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । कार्यक्रममा काँग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, काँग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईकबाल अहमदले सम्बोधन गरेका थिए । कार्यक्रम प्रेस युनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले सभापत्विमा भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...