आजबाट कांग्रेसको वडा अधिवेशन सुरु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ भदौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका अनुसार अधिवेशन आजबाट शुरु भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज भदौं १८ बाट देशभरीका सबै वडाहरुमा अधिवेशन गर्ने भनिएतापनि आज ४५ वटा जिल्लाका वार्डहरुमा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको क्रियासिल सदस्यताको विवरण ५६ वटा जिल्लाको अनलाईन मार्फत सार्वजनिक गरिएतापनि बाँकी २१ वटा जिल्लाको अझै टुंगो लाग्न बाँकी रहेको हुँदा ७७ वटै जिल्लाका सबै वार्डमा एउटै मितिमा चुनाव गर्न नसकिएको निर्वाचन परिचालन समितिले भनेको छ । त्यसैले बिगतमा झैं एकै दिन सबै वार्डमा अधिवेशन नहुने भएको हो ।

अब बाँकी जिल्लाका वार्डहरुमा कांग्रेसले गाउँ र नगर अधिवेशनको एक दिन अघि नै सम्पन्न गर्ने जनाएको छ । गाउँ÷नगरको अधिवेशन भदौं २७ गते यस अघि नै कांग्रेसले मिति तय गरेको छ ।

कांग्रेसको विधान अनुसार वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहनेछ । त्यहिबाट वडा कमिटी चयन हुनेछ । साथै सोही अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था पनि रहेको छ । जो व्यक्तिलाई क्रियासिल सदस्यहरुले बढी मत दिन्छन् ऊ नै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछ ।

कांग्रेसको संशोधित विधान बमोजिम निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछ भने क्षेत्रीय प्रतिनिधि निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुनेछ ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै निर्वाचित हुने पर्ने भएको हुँदा कांग्रेसमा वडा अधिवेशनलाई निक्कै महत्वपूर्ण मानिने गरेको छ ।

कांग्रेसको विधान अनुसार २०७६ फागुनमै महाधिवेशन हुनुपर्ने हो यद्यपी कोरोना संक्रमणसँगै महाधिवेशन पाँच वर्ष ६ महिनामा आजबाट सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने यस अघि नै तय भएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...