नेपाली सेनामा भर्ती खुल्योः ४ हजार सैन्य पदकालागि दर्खास्त माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ भदौं । नेपाली सेनामा रिक्त रहेको सैन्य पदका लागि नयाँ भर्तीको लागि नेपाली सेनाले दर्खास्त आव्हान गरेको छ । शुक्रबार नेपाली सेनाले सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार संख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभाग जंगी अड्डाद्वारा जारी सुचनामा दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ सम्म तोकिएको छ ।

दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्ने साथै अविवाहित पनि हुनुपर्नेछ । कुनै अपाराधिक कृयाकलापमा नलागेको, राजनैतिक दलको टिकट नलिएको व्यक्तिले दरखास्त दिन पाउने जनाइको छ । त्यसैगरी बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

आजको गोर्खापत्र दैनिकमा सूचना प्रकाशित भएकाे छ ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...