एमाले उपाध्यक्ष गौतमद्वारा पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर। नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरेको पत्र पार्टी मुख्यालय थापाथलीमा गएर बुझाउँदै आफूले पार्टी छाडेको जानकारी गराएका हुन् ।

पार्टी परित्यागको पत्र एमाले पार्टी कार्यालयमा आएको स्रोतले जनाएको छ । अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भएको हुँदा आजको मितिबाट पार्टीको उपाध्यक्ष र सबै जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमले आरोप लगाएका छन् ।

उपाध्यक्ष गौतमले पत्रमा पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई समेत पालना नगरेको आरोप लगाएका छन् ।

उपाध्यक्ष गौतमले पत्रको अन्त्यमा चार दशक लामो सहयात्रा र सहकार्य समाप्त भएतापनि मित्रवत सम्बन्ध यथावत रहने उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;