एमाले उपाध्यक्ष गौतमद्वारा पार्टी परित्याग

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर। नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरेको पत्र पार्टी मुख्यालय थापाथलीमा गएर बुझाउँदै आफूले पार्टी छाडेको जानकारी गराएका हुन् ।

पार्टी परित्यागको पत्र एमाले पार्टी कार्यालयमा आएको स्रोतले जनाएको छ । अध्यक्ष ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भएको हुँदा आजको मितिबाट पार्टीको उपाध्यक्ष र सबै जिम्मेवारीबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमले आरोप लगाएका छन् ।

उपाध्यक्ष गौतमले पत्रमा पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई समेत पालना नगरेको आरोप लगाएका छन् ।

उपाध्यक्ष गौतमले पत्रको अन्त्यमा चार दशक लामो सहयात्रा र सहकार्य समाप्त भएतापनि मित्रवत सम्बन्ध यथावत रहने उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...