अमेरिकाको ज्याक्सन हाइटमा प्रदर्शन हुँदै लिम्बु कथानक चलचित्र ‘थेत्लङ’

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बा अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन हुन लागेको हो ।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बु होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई फिल्म निर्देशक तथा लेखक सागर केरुङले फिल्मको पटकथामा ढालेका छन् ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङ्देम्बको संगीत छ ।

मणि ताम्लिङ निर्माता रहेको फिल्ममा विराज लिम्बु सहनिर्माता छन् । यो फिल्म काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । फिल्म हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ । फिल्मले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ ।

फिल्म प्रदर्शनका लागि किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समिति बनाइएको छ । जसमा निर्देशक किशोर सुब्बा, लोक चेम्जोङ, वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ, सम्राट कार्की, केशवराम राई र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ सदस्य छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...