याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्षमा संगीता सुहाङ्

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ भदौं । याक्थुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमले संगीता सुहाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

शनिबार आयोजित उक्त कार्यक्रमले उपाध्यक्षमा असन योङहाङ र चन्द्रकला नेम्बाङ, सचिवमा विजय खुदाङ, सह–सचिवमा युवेस सुहाङ र कोषाध्यक्षमा धनेश्वर योङहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुर्य सेलिङ्, सन्जोग मादेन, सविता कुगेनाम्बा, एलिसा कुरुम्बाङ्, दिप्सन आङबो, सरिता खुदाङ, प्रकाश सुहाङ, रिजन लिम्बु, सन्जिव योङहाङ, सुरज मादेन र दर्शन लिवाङ् रहेका छन् ।

कार्यक्रममा याक्थुङ् युवा मञ्चका केन्द्रीय अध्यक्ष सुसन चोङबाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी चलचित्र निर्देशक तथा युवा व्यक्तित्व सागर केरुङ् र ललितपुर अध्यक्ष अरुणा मेन्याङ्बो, सुनिल आङबो लगायतले कार्यसमितिलाई बधाई दिएका छन् ।

कार्यक्रम मञ्चका काठमाडौं अध्यक्ष रितुराज तेयुङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन विजय खुदाङको रहेको थियो भने स्वागत मन्तव्य संगीता सुहाङ्ले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...