बुद्धशान्ती, १९ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको युवा दस्ता भोलेन्टियर्स केन्द्रीय कमाण्डले झापाको बुद्धशान्ति गाउँपालिका स्तरीय राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ्ले प्रशिक्षण कार्यक्रमको सहजीकरण गरेका हुन् ।
बुद्धशान्तिस्थित बुधबारे बजारमा आयोजित उक्त कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य तथा एल.भी. केन्द्रीय सिनियर उप–कमाण्डर काजीमान ओख्राबो, प्रान्तीय सदस्य नन्दु मेन्याङबो, केन्द्रीय सिनियर उपकमाण्डर सुमान लिम्बु, के. उपकमाण्डरहरु करण शेर्पा, सुनिल कोलिवा, एकराज खवास, कमल मुखिया, झापा जिल्ला उपाध्यक्ष अमित खम्बु र करण योङहाङ्को उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा भोलेन्टियर्सका सिनियर फिल्ड कमाण्डर र फिल्ड कमाण्डरहरु, पालिकास्तरीय नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रान्तीय सदस्य काजीमान ओख्राबो, नन्दु मेन्याङबो र जिल्ला उपाध्यक्ष अमित खम्बुले एलभी कमाण्डरहरुलाई संगठनलाई मजबुत बनाउन अहम भूमिका खेल्न र एलभीको योगदानको बारेमा चर्चा गरेका थिए ।
Related