लिम्बुवान भोलेन्टियर्सद्वारा बुद्धशान्तिमा कमाण्डरहरुलाई प्रशिक्षण

 लिम्बुवान न्युज
                       

बुद्धशान्ती, १९ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको युवा दस्ता भोलेन्टियर्स केन्द्रीय कमाण्डले झापाको बुद्धशान्ति गाउँपालिका स्तरीय राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ्ले प्रशिक्षण कार्यक्रमको सहजीकरण गरेका हुन् ।

बुद्धशान्तिस्थित बुधबारे बजारमा आयोजित उक्त कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य तथा एल.भी. केन्द्रीय सिनियर उप–कमाण्डर काजीमान ओख्राबो, प्रान्तीय सदस्य नन्दु मेन्याङबो, केन्द्रीय सिनियर उपकमाण्डर सुमान लिम्बु, के. उपकमाण्डरहरु करण शेर्पा, सुनिल कोलिवा, एकराज खवास, कमल मुखिया, झापा जिल्ला उपाध्यक्ष अमित खम्बु र करण योङहाङ्को उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा भोलेन्टियर्सका सिनियर फिल्ड कमाण्डर र फिल्ड कमाण्डरहरु, पालिकास्तरीय नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रान्तीय सदस्य काजीमान ओख्राबो, नन्दु मेन्याङबो र जिल्ला उपाध्यक्ष अमित खम्बुले एलभी कमाण्डरहरुलाई संगठनलाई मजबुत बनाउन अहम भूमिका खेल्न र एलभीको योगदानको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;