अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

,   लिम्बुवान न्युज
                       

 

काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ ।

तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बिबीसीले जनाएको छ ।

राष्ट्रपति कार्यालय अगाडि कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त भईरहेको अवस्थामा महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।

बीस वर्ष अघि तालिवानी शासनमा महिलामाथि बर्बर अत्याचार भएको, अनिवार्य पुरै शरीर ढाक्ने कपडा र बुर्का लगाउनु पर्ने र दश बर्ष माथिका बालिकहरुलाई विद्यालय जानबाट रोग लगाएको थियो । (बिबीसीको सहयोगमा)

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;